Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • किन लाग्याे उषा–जीपीको वैवाहिक सम्बन्धमा ‘फुलिस्टप’ ?

    किन लाग्याे उषा–जीपीको वैवाहिक सम्बन्धमा ‘फुलिस्टप’ ?

    अनलाइन नेपाल
  • मंगलबार, ४ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौं । ठट्यौंलीमा एउटा भनाइ नै छ, ‘न खहरे भर छ, न त सेलिब्रेटी सम्बन्धकै’, यो ठट्यौंली सेलिब्रेटीहरुकै सम्बन्धलाई लक्षित गरेर बनाइएको हुनसक्छ । अधिंकाश कलाकार एवं सेलिब्रेटीको प्रेम र वैवाहिकसम्बन्ध ‘खहरेको पानी’जस्तै पाइन्छ किनिक, उनीहरुको सम्बन्ध कतिखेर टुट्छ पत्तै हुन्न । पूर्वमिस नेपाल उषा खड्की र सञ्चारकर्मी जीपी तिमल्सिनाको सम्बन्ध पनि यस्तै भएको छ । यो साता उषा र जीपीले करिब १७ वर्ष लामो वैवाहिकसम्बन्ध टुटाएका छन् ।
    सम्बन्धविच्छेदको पहिलो जानकारी उषाले नै गराएकी हुन् । उषाले आफ्नो फेसबुक पेजमा ‘शारीरिक र मानसिक यातना सहन नसकेर अलग हुने निर्णय लिएको’ उल्लेख गरेपछि उनीहरुको सम्बन्धविच्छेदको हल्ला फैलिएको हो ।

    हुन त १७ वर्षअघि उषा र जीपीले विवाह गरेदेखि नै सम्बन्ध सुमधुर रहन नसकेको बताइँदै आएको थियो । विशेषगरी अन्तरजातीय विवाह उनीहरुका लागि ‘कलह’ बनेको थियो । उक्त ‘कलह’ले दुई वर्षअघि नै उनीहरुको सम्बन्धमा ‘फुलिस्टप’ लाग्न लागेको हल्ला चलेको थियो । तर, उक्त कुराको उषाले खण्डन गर्दै आएकी थिइन् । तर, अहिले आएर उनीहरुले आफूहरुको सम्बन्धमा कानुनीरुपमै ‘फुलिस्टप’ लगाएका छन् ।



    पति जीपीसँग सम्बन्धविच्छेदबारे उषाले फेसबुकमा लेखेकी थिइन्, ‘यदि तपाइँले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु नो ।’ साथै, उनले अलग रहेरपनि आफू र सन्तानका लागि लड्ने बताएकी छन् । उषाले फेसबुकमा लेखेकी छन्÷थिइन्, ‘तपाइँहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत अब म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’ तर, यसबारे जीपी अहिलेसम्म केही बताएका छैनन् ।



    उषा र जीपीले प्रेम विवाह गरेका हुन् । चिनजान भएको करिब दुई वर्ष प्रेमपछि उनीहरुले विवाह गरेका हुन् । उनीहरुको एक छोरा र एक छोरी छन् । सन् २००० मा ‘मिस नेपाल’ उपाधि जितेकी उषाले केही वर्षयता बुटिक व्यवसायी गर्दै आएकी छन् । उनको ललितपुरको कुपण्डोलस्थित उषाज स्टाईलिस कलेक्सन छ । दृष्टि साप्ताहिक

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार