Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सीमामा यात्रु रोकिए पनि ढुवानी रोकिदैन : सरकार

    सीमामा यात्रु रोकिए पनि ढुवानी रोकिदैन : सरकार

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौं । विश्वभर महमारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण कम गर्नका लागि भन्दै सरकारले नेपाल–भारत सीमा क्षेत्रमा थप कडाइ गर्ने भएको छ ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समिति, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित विभिन्न पक्षको बैठकले नेपाल–भारतबीचका मुख्य चारवटा नाका बाहेकका सबै नाकामा कडाइ गर्ने निर्णय गरेको हो ।



    सरकारले वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, कञ्चनपुरको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टाबाहेक बाँकी सबै नाकामा कडाइ गर्ने निर्णय गरेको हो।



    आवतजावत र अत्यावश्यक सामग्री र खाद्यान्नलगायतका सामान ढुवानीका लागि भने सबै नाका खुला रहनेछन्।

    गृह मन्त्रालयमा बसेको बैठकमा ४ मन्त्री, २१ मन्त्रालयका सचिव र सुरक्षा अधिकारीहरू सहभागी थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार