Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • वीर अस्पतालको गेटमै ज्वारो मापन, भित्र छुट्टै कोठा

    वीर अस्पतालको गेटमै ज्वारो मापन, भित्र छुट्टै कोठा

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । चीनको वुहानबाट शुरु भएर विश्वभर महामारीकै रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालमा प्रवेश द्धारमै ज्वरो मापन गरी भित्र पठाउने प्रकृया शुरु गरिएको छ ।

    साथै अस्पतालले ‘फिवर क्लिनिक’ पनि सञ्चालनमा ल्याएको जनाएको छ । कोही व्यक्तिलाई ज्वरो आएको पाइएमा सबैभन्दा पहिले रुघाखोकी र ज्वरो जाँच्ने कोठामा लगेर उपचार शुरु गरिने एक चिकित्सकले बताए ।



    कोरोनाका कारण चौतर्फी रुपमा असर परिरहेका बेला वीर अस्पतालले भने नयाँ सेवा शुरु गरेको हो । सामान्य अवस्थामा पनि कोरोनाको त्रासले अस्पताल जाने विरामीको संख्या उच्च भएपछि अस्पतालले छुट्टै कोठामा आजबाट ज्वरो र रुघाखोकी जाँच्न शुरु गरेको हो ।



    यद्यपी नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिए पनि सामान्य रूघाखोकी लाग्दा वा कोरोनाको शंका लागेर जँचाउन जानेको संख्या बढेको भन्दै नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक परेमात्र अस्पताल आउन अनुरोध गरिसकेको छ ।

    काउन्सिलले काउन्सिलले विज्ञप्ति जारी गर्दै अस्पतालमा भीडभाड नहोस् भनेर यस्तो निर्णय गरेको जनाएको छ ।

    काउन्सिलले सामान्य रूघाखोकीको घरमै बसेर उपचार गर्न र केही समय पछाडि गरे पनि हुने शल्यक्रियालाई समेत स्थिति सामान्य भएपछि मात्रै गर्न सुझाव दिएको छ।

    भीडभाड नगर्न, रूघाखोकी लागेका व्यक्तिको नजिक नजान तथा नछोए पनि हुने वस्तु नछुन भन्दै मेडिकल काउन्सिलले अपरिचित र अवाञ्छित व्यक्ति र सामग्रीलाई छोएपछि साबुन पानीले हात धुन आग्रह गरेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार