Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • एयरलाइन्स कम्पनीहरुको ब्रम्हलुट: ह्वात्तै बढाए भाडादर, यात्रु मर्कामा

    एयरलाइन्स कम्पनीहरुको ब्रम्हलुट: ह्वात्तै बढाए भाडादर, यात्रु मर्कामा

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडौँ । चीनबाट सुरू भइ विश्वव्यापी फैलिरहेकाे काेराेना भाइरसकाे त्रासबाट गुज्रिरहेका नेपाली जनतामाथि एयरलाइन्स कम्पनीहरुले ब्रम्हलुट मच्चाएका छन्। मुलक कोरोना भयको त्रासबाट गुज्रिरहेका बेला एयरलाइन्स कम्पनीहरुले हवाई भाडादरमा ब्रम्हलुट मच्चाएका हुन्। विपतको मौका छोपी हवाई भाडादरमा कम्पनीहरूले भाडादर ह्वात्तै बढाएका छन्।
    दोब्बरदेखि तेब्बरसम्म बृद्धि गरिएपछि यात्रुहरुको मर्कामा परेका छन्।

    काठमाडौँदेखि धनगढीसम्मको नियमित हवाई भाडादर औसतमा पाँच हजार रुपैयाँ हो। यो भाडादर कुनै बेला घटेर ४ हजार सम्म पुग्ने गरेको हुन्छ भने कुनै बेला बढेर ६ हजारसम्म पुग्ने गरेको छ।तर सरकारले कोरोना भाइरसको महामारीसँग जुध्न गत बुधबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको भोलिपल्टै एयरलाइन्स कम्पनीहरुले काठमाडौँ धनगढी हवाई भाडादार १२ हजार पाँच सय पुर्‍याएको अनलाइन टिकेट बिक्रेताहरू बताउछन्।



    ‘दसैँ तिहारमा पनि एयर लाइन्स कम्पनीहरुको यस्तै रबैया हुन्छ, अहिले विपदका बेला पनि यात्रुहरुको ढाड सेक्ने काम भइरहेको छ’,टिकट बिक्रेताहरू भन्छन्,‘१२ हजार पाँच सयको टिकट पनि सजिलै उपलब्ध छैन ।’



    सरकारले गत बुधबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो। त्यो सँगै शुक्रबार लामो दूरीका बस सेवा बन्द गर्ने निर्णय सरकारले गरेपछि यात्राका लागि हवाई मार्गको प्रयोग गर्नु एक मात्र विकल्प खडा भएको छ। यही मौकामा एयर लाइन्स कम्पनीहरुले ‘कुनाफा’ कमाउने अभियान नै थालेका छन्। एयरलाइन्स कम्पनीहरुले काठमाडौँबाट बाहिरिने हरेक उडानमा तेब्बरसम्म भाडा बृद्धि गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार