Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सात घण्टामै भारतबाट भित्रिए साढे ११ हजार नेपाली

    सात घण्टामै भारतबाट भित्रिए साढे ११ हजार नेपाली

    अनलाइन नेपाल
  • शनिबार, ८ चैत्र २०७६
  • 1.9K
    SHARES

    फाइल तस्बिर

    महेन्द्रनगर । भारतमा कोरोना भाइरसको संक्रमण फैलन थालेपछि रोजगारीमा गएका नेपालीहरु पश्चिमी नाका गड्डाचौकी हुँदै भित्रिने क्रम बढेको छ ।

    अहिले गड्डाचौकी नाका हुँदै भारतबाट नेपाल आउनेहरुको भिड थामिनसक्नु गरी बढेको छ । सीमा नाकामा कोरोना जाँचका लागि हेल्थ डेस्क स्थापना गरिएको छ । तर, उपकरण अभावका कारण सर्वसाधरणले घण्टौंसम्म लाइनमा बस्नु पर्ने वाध्यता देखिएको छ ।



    भारतमा काम गरिरहेका बझाङका हरिप्रसाद बोहरा घर फर्कंनका लागि शनिबार बिहान ६ बजेतिर पश्चिमी नाका गड्डाचौकी आइपुगेका थिए । सीमा नाकामा राखिएको हेल्थ डेक्समा स्वास्थ्य जाँचपछि मात्रै नेपाल छिर्न पाइने भएकाले उनी लाइनमा बसे ।



    गड्डाचौकी सुदूरपश्चिम प्रदेश भित्रने प्रमुख नाका हो । भारतबाट फर्कनेहरुसँगै संक्रमण भित्रिने आशंकामा गड्डाचौकी नाकामा सुदूरपश्चिम प्रदेश सरकार र भीमदत्त नगरपालिकाले गत फागुन २३ गते ‘हेल्थ डेस्क’ स्थापना गरेको छ । यताबाट आउनेलाई ‘हेल्थ डेस्क’ मा चेकजाँच गरेर मात्र नेपाल भित्र्याउनने गरिँदै आएको छ । शनिबार पनि यस्तै गरिँदै थियो । तर, हेल्थ डेस्कमा रहेका उपकरण र स्वास्थयकर्मीले त्यहाँ लामबद्ध भिडलाई चेकजाँच गर्न नभ्याएपछि लाइन लम्बियो ।

    सात घण्टामै भारतबाट भित्रिए साढे ११ हजार नेपाली
    पश्चिमी नाका गड्डाचौकी भएर नेपाल भित्रिनेहरुको संख्या पछिल्लो समय दिन प्रतिदिन बढ्दै गएको छ । शनिबार १२ बजेसम्म मात्रै साढे ११ हजारभन्दा बढी मानिस भित्रिएको हेल्थ डेस्कमा रहेकी अनमी निर्मला जोशीले जानकारी दिएकी छन् । हेल्थ डेस्क बिहान ५ बजेदेखि खुल्छ । सो नाका भएर नेपाल भित्रिने नेपाली अथवा भारतीयको त्यहाँ चेकजाँच गरिन्छ ।

    शनिबार १२ बजेसम्मको तथ्याङ्क अनुसार ११ हजार ६०४ जनाको स्क्रिनिङ गरिएको अनमी जोशीले जानकारी दिएकी छन् । जसमा केहीमा सामान्य ज्वरो समेत देखिएको उनको भनाइ छ । यद्यपि कतिपय व्यक्तिहरु स्क्रिनिङमा छुट्ने गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार