Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • वायुसेवा कम्पनी भाडा पुनर्विचार गर्न तयार

    वायुसेवा कम्पनी भाडा पुनर्विचार गर्न तयार

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौं । आन्तरिक हवाई सेवामा अकस्मात् भाडा बढाएको भन्दै विरोध भएपछि वायु सेवा सञ्चालक तथा कम्पनीहरू भाडा पुनर्विचार गर्न तयार भएका छन् । हवाई यात्रु घटेसँगै भाडा घटाएका विमान कम्पनीले अहिले यात्रुको चाप बढेपछि पुरानै भाडा लिन शुरू गरेका थिए ।

    हवाई भाडाको विषयमा गुनासाहरू आएपछि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले शनिवार वायु सेवा सञ्चालकहरूसँग छलफल गरेका थिए । छलफलमा सञ्चालकहरू भाडादर घटाउन सहमत भएका हुन् ।



    कोरोनाका कारण विदेशी पर्यटक नआएपछि वायुसेवा कम्पनीहरूले केही दिन अगाडिसम्म हवाई भाडा सस्तो बनाएका थिए । तर, हालै सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाउनुका साथै अत्यावश्यक सेवाप्रदायकबाहेक अन्य कार्यालय बन्द गर्ने निर्णय गरेपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा हुन् । यसरी भाडा बढाएपछि सामाजिक सञ्जाललगायत माध्यमबाट त्यसको विरोध भइरहेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार