Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • कोरोना जोखिम न्यूनिकरण गर्न ६ वटा कार्यदल, सीमा बन्द गर्न भारतसँग कुटनीतिक पहल

    कोरोना जोखिम न्यूनिकरण गर्न ६ वटा कार्यदल, सीमा बन्द गर्न भारतसँग कुटनीतिक पहल

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 1.4K
    SHARES

    काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनिकरणका लागि ६ वटा कार्यदल बनाएको छ।

    कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति मातहत रहनेगरी ६ वटा कार्यदल बनाउने निर्णय शनिबारको बैठकले गरेको छ। स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्य मन्त्रालयको संयोजनमा समिति गठन गरिएको छ। देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्रमन्त्रालय मार्फत काम अघि बढाइने अर्थ, सञ्चार तथा सूचनाप्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए।



    बजेट व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने छ। यसैगरी आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ। राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषिमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ। क्वारेन्टाइन केन्द्रका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वम समिति गठन भएको छ। यस्तै निर्णय/निर्देशन कार्यान्वयनको अवस्थामा विषयमा अनुगमन गर्न रक्षाममन्त्रालयलाई जिम्मेवारी दिइएको छ।



    सञ्चार समन्वयको जिम्मा सञ्चार मन्त्रालयलाई दिइएको छ। यसैगरी भारतसँगका सीमा नाका बन्द गर्ने विषयमा पनि कुटनीतिक माध्यमबाट भारत सरकारसँग कुरा भइरहेको उनले बताए। स्वयमसेवी रुपमा क्वारेन्टाइन राख्नका लागि घर तथा जग्गा दिनेहरुलाई स्थानीय र प्रदेश सरकार मार्फत सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको उनले बताए। नागरिक दैनिकबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार