Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • केपी, प्रचण्ड र देउवा होम क्वारेन्टाइनमा !

    केपी, प्रचण्ड र देउवा होम क्वारेन्टाइनमा !

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 5.2K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासका कारण राजनीतिक दलले आआफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् । राजनीतिक दलका नेता कार्यक्रम स्थगित गरी कोरोना भाइरसबाट सचेत हुन थालेका छन् ।

    पार्टीका प्रायः नेता घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न थालेका छन् । नेताले भेटघाट कम गर्न थलेका छन् भने कोरोनाबाट बच्ने उपाय अपनाउन थालेका छन् । मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाट बन्द गरेका छन् । कोरोना भाइरससँग सम्बन्धित विषय भए केही सम्बन्धित व्यक्तिसँग छलफल गर्छन् नभए भेटघाट पूरै बन्द गरेको उनका प्रेस संयोजक सूर्य थापाले बताए ।



    अर्का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिनदेखि घरबाट निस्किएका छैनन् । उनी ‘सेल्फ क्वारेन्टाइन’मा छन् । नेता तथा कार्यकर्तासँगको भेटघाट कम भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक भेटघाट तथा कार्यक्रम स्थगित गरेका छन् । तीनदिनदेखि उनी घरमै छन् । आजको गोरखापत्र दैनिकबाट



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार