Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • कालीमाटीमा अहिलेसम्मकै उच्च तरकारी आयात

    कालीमाटीमा अहिलेसम्मकै उच्च तरकारी आयात

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेका बेला नेपालमा पनि त्यसको असर देखिएको छ । सरकारले कोरानाको संक्रमण रोकथाम गर्नका लागि आजैबाट अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपी लामो दूरीका यात्रुवाहक सवारी साधनहरु भने भोलीबाट मात्रै बन्द हुनेछन् ।

    सरकारको यो निर्णयसँगै आम जनमानसमा सोमबारबाट पूर्ण रुपमा बजार नै बन्द हुने द्विविधा श्रृजना भएको छ । जसको प्रत्यक्ष प्रभाव कालीमाटीस्थिति तरकारी बजारमा देखियो ।



    शनिबार विहानैदेखि बजार भिडभाड थियो । अन्य बेला ८५० टनको हाराहारीमा सामान आउनेमा शनिबार भने एकैदिन ११६६ टन सामान कालीमाटी भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठ अनलाईन नेपाललाई बताए ।



    हामीले शनिबार कालीमाटी बजारमा तरकारी किन्न पुगेका अधिकांश ग्राहकहरुलाई यस्तो भिडभाडमा किन आउनुभयो ? भन्ने प्रश्न गर्दा उनीहरुको एउटै जवाफ थियो– सरकारले १० गतेबाट त बन्द गर्ने निर्णय गरेको छ नि, त्यसैले तरकारी किन्न आएको ।

    कालीमाटीमा २० वर्षदेखि व्यापार गर्दै आएका व्यपारीहरु पनि शनिबार जस्तो भिड नदेखेको बताउँथे ।

    यो सँगै भारतबाट आउने आलु, प्याज तथा तरकारीले नेपाली बजार धानेको अवस्थामा बजारमा यसरी यति धेरै मानिसहरु एकैठाउँमा भेला हुँदा कसरी हामी कोरोनाबाट सुरक्षित भएको महसुस गर्ने ? भन्ने प्रश्न उब्जिएको छ ।

    सरकारले २५ जना भन्दा बढिलाई एकै ठाउँमा भेला नहुन आग्रह गरेपनि शनिबार र आईतबार कालीमाटी बजार र काठमाडौंबाट बाहिरिने नाकाहरु कोटेश्वर, कलंकीलगायतका स्थानमा हजारौं व्यक्तिहरु एकै स्थानमा देखिन्थे ।

    काेराेनाकाे माैकामा बजारमा माक्स, ह्याण्ड सेनिटाइजर, ग्याँस, खाद्यान्नलगायतमा कालाेबजारी भए पनि कालीमाटी फलफूल तथा तरकारी बजारमा भने समितिले तोकैकै मूल्यमा तरकारी तथा फलफूल विक्री भएकाे पाइयाे । यद्यपी शनिबार अधिकांश तरकारीका मूल्य भने बढेको देखिन्थ्यो ।

    प्रवक्ता श्रेष्ठका अनुसार शनिबार मात्रै ११६६ टन सामान बजार भित्रिएको बताए । प्रवक्ता श्रेष्ठले तरकारी ९९५ टन, फलफूल ९६ टन, मसलाजन्य ६० टन र माछा १५ भित्रिएको बताए ।

    श्रेष्ठका अनुसार भारतबाट सबैभन्दा बढि आलु, प्याज र गोलभेडा भित्रिएको पनि उनले बताए । कालीमाटी बजार भित्रिएका अधिकांश सामान विक्री भएको व्यापारीहरुले बताएका छन् । ‘यति धेरै सामान आउँदा पनि अरु बेलाजस्तो स्टक बसेन । अधिकांश सामान सक्किएका छन् ।’ एक व्यापारीले भने ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार