Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • दुर्घटनामा परि चितवनमा दुईको मृत्यु

    दुर्घटनामा परि चितवनमा दुईको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 1.9K
    SHARES

    सांकेतिक तस्बिर

    चितवन। छुट्टाछुट्टै दुर्घटनामा परि दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पैदलयात्रीहरु बुद्धीराज सापकोटा र साजन तामाङ् रहेका छन् ।

    प्रहरीका अनुसार चौबिसकोठीबाट गितानगरतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०३००३ प १६३४ नम्बरको मोटरसाईकलले सोमबार राती भरतपुर महानगरपालिका वडा नम्बर ७ बिकास चोकमा सोही स्थान निवासी ४२ बर्षिय सापकोटालाई ठक्कर दिएको थियो ।



    टरसाईकलको ठक्करबाट घाईते सापकोटाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
    मोटरसाईकल चालक भरतपुर महानगरपालिका वडा नम्बर १४ निबासी २१ बर्षिय सबिन आचार्य घाईते हुनुभएको छ । घाईते आचार्यको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।



    यस्तै स्कर्पियोले सोमबार राती भरतपुर महानगरपालिका वडा नम्बर १० त्रिचोकमा धादिङ् घरभई भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने ४० वर्षिय साजन तामाङलाई ठक्कर दिएको थियो । ठक्करबाट घाईते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
    तामाङ्लाई ठक्कर दिने स्कर्पियोको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार