Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भारतमा कोभिड-१९ बाट संक्रमित मध्ये ४८ जना भए निको

    भारतमा कोभिड-१९ बाट संक्रमित मध्ये ४८ जना भए निको

    अनलाइन नेपाल
  • बुधबार, १२ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । छिमेकी मुलुक भारतमा कोभिड-१९ बाट संक्रमित मध्ये ४८ जना निको भएर घर फर्किएका छन् ।

    भारतीय मिडियाका अनुसार हालसम्म भारतमा ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने ११ जनाले ज्यान गुमाईसकेका छन् । भारतमा नयाँ संक्रमितको संख्या घट्न थालेको बताईएको छ ।



    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति १२ बजेदेखि पूरा देश लकडाउन हुने घोषणा गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न भारतभर २१ दिन लकडाउन हुने भएको हो ।



    देशबासिका नाममा मंगलबार साँझ सम्बाेधन गर्दै प्रधानमन्त्री मोदीले सम्पूर्ण भारतीयहरुको जीवन बचाउनका लागि तीन साता लामो बन्दको घोषणा गरेको बताएका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार