Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघ्याे

    कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघ्याे

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 1.9K
    SHARES

    एजेन्सी । संसारभरी कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । वर्ल्डोमिटर तथा जोन होप्किन्स युनिभर्सिटीले तयार गरेको डाटा अनुसार मृतकको संख्या २१ हजार १ सय ९८ पुगेको छ भने ४ लाख ६८ हजार ८ सय ७ मा कोरोनाको संक्रमण देखिएको छ ।

    दक्षिणी युरोपलाई कोरोना भाइरसलाई सबैभन्दा धेरै क्षती पु–याएको छ । जुन चीनमा कोरोना भाइरसको सुरुवात भयो, त्यहाँ भएको मृत्यु भन्दा इटली र स्पेनमा मृतकको आँकडा बढी छ । इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ ।



    फ्रान्समा पनि बुधबार कोरोना भाइरसको संक्रमणका कारण २ सय ३१ को मृत्यु भयो । यसका साथै फ्रान्समा अहिलेसम्म मृतकको संख्या १ हजार ३ सय ३१ पुगेको छ । यहाँ कूल २५ हजार २ सय ३३ संक्रमित छन् । यीमध्ये २ हजार ८ सय २७ को स्थिती नाजुक छ ।



    गत वर्ष नोभेम्बरमा चीनबाट सुरु भएको कोरोनाको संक्रमण संसारभरी फैलिसकेको छ । संक्रमण फैलने डरले एक तिहाई जनसंख्या घरभित्रै छन् । संसारको दोस्रो धेरै जनसंख्या भएको देश भारतमा पनि २१ दिनका लागि लकडाउनको घोषणा गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार