Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पाकिस्तानमा तीन पत्रकारलाई कोरोना संक्रमण

    पाकिस्तानमा तीन पत्रकारलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 2.1K
    SHARES

    एजेन्सी। पाकिस्तानमा तीन जना पत्रकारलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । निजी मिडिया हाउसमा कार्यरत तीन पत्रकारलाई कोरोना संक्रमण देखिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । संक्रमित हुने पत्रकारहरु लाहोरका हुन् ।

    पाकिस्तानमा एक हजार बढी व्यक्ति कोराना संक्रमणबाट प्रभावित भइसकेका छन् भने ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट विश्वभर २१ हजारको मृत्यु भइसकेको छ ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार