Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • स्विट्जरल्याण्डमा कोरोना कहर

    दोस्रो विश्व युद्धपछि पहिलो पटक सेना मैदानमा

    दोस्रो विश्व युद्धपछि पहिलो पटक सेना मैदानमा

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडौं । चीनको वुहानबाट शुरु भएको नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण स्विट्जरल्याण्डमा बढ्दै गएपछि सरकारले दोस्रो विश्व युद्धपछि पहिलो पटक सेना मैदानमा उतारेको छ ।

    त्यसैगरी सरकारले २५ मार्च मध्यरातबाट लागू हुने गरी सबै सिमानाकाहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।



    स्विट्जरल्याण्डमा हालसम्म १० हजार ५ सय संक्रमित रहेका छन् भने १ सय ४३ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन्।



    यो सँगै अब जुनसुकै भिसा भएका नागरिकहरु पनि स्विट्जरल्याण्ड प्रवेश गर्न पाउने छैनन् । यसअघि युरोपका फ्रान्स, जर्मनी, पोर्चुगललगायत अरु मुलुकका नागरिक, जोसँग सिन्जेन भिसा छ, उसलाई निर्बाध आवतजावतको सुबिधा दिएको थियो।

    स्विस अस्पतालहरु यतिबेला कोरोनाका बिरामीले भरिभराउ छन् । त्यसो त स्विसले छिमेकी मुलुक फ्रान्सका कोरोना संक्रमितलाई पनि ल्याएर स्विस अस्पतालले उपचार गराइरहेको छ।

    अस्पताल, नीजि नर्सिँङ होममा बिरामीहरु भेट्न बन्देज
    लगाइएको छ।

    कोरोना संक्रमितलाई अस्पताल लैजाने र आवश्यक उपचार गर्ने
    काममा खटिएका ४५ सेनामा कोरोना भाइरस देखिएपछि स्थिति झन् जटिल बन्दै गइरहेको छ।

    कोरोना संक्रमित व्यक्तिलाई सास फेर्न अप्ठेरो हुने भएकोले भेन्टिलेटरबाट श्वास प्रश्वास गराउनका लागि सेना खटियो भेन्टिलेटर बनाउन खटिएको छ ।

    दोश्रो विश्वयुद्धपछि सेना मैदानमा खटिएको यो पहिलो अवसर हो ।

    पार्कमा निश्चित दूरी कायम गरेर शारिरीक व्यायाम गर्न दिइएको छ । पसलमा पनि दूरी बनाएर किनमेल गरेको देखिन्छ ।

    झण्डै एक हजारको हाराहारीमा स्विट्जरल्याण्डमा रहेका नेपाली अहिलेसम्म सुरक्षित छन् । एजेन्सी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार