Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • शहरमा भन्दा गाउँमा बढि कोरोनाको जोखिम

    शहरमा भन्दा गाउँमा बढि कोरोनाको जोखिम

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । चीनको वुहानबाट शुरु भएर महामारीको रुपमा फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमणका कारण विश्वभर २१ हजार भन्दा बढिको मृत्यु भइसकेको छ भने पाँच लाख भन्दा बढि संक्रमित भएका छन् ।

    नेपालको सन्दर्भमा हालसम्म तीन जनालाई कोरोना संक्रमण देखिएको छ । जसमध्ये एक जनालाई निको भइसकेको छ भने दुई जनाको काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।



    नेपालमा दोस्रो व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि सरकारले मंगलबारबाट लकडाउन नै गरेका छ । यद्यपी लकडाउन अघि काठमाडौंका अधिकांश मानिसहरु गाउँतिर फर्केका छन् ।



    त्यसैले पनि यतिबेला काठमाडौंमा भन्दा गाउँमा कोरोना संक्रमणको जोखिम बढेको छ । शहरबाट ठूलो संख्यामा सर्वसाधरण गाउँमा पुगेको, गाउँमा लकडाउन नियम समेत लागू नहुने र गाउँमा उपचार समेत नहुने हुँदा जोखिम बढेको छ ।

    गाउँमा प्रहरीको उपस्थिती नहुने भएकाले त्यहाँ लकडाउन लागू हुन मुस्किल छ ।

    त्यसो त विदेशबाट आएका कतिपय व्यक्तिहरु पनि गाउँमा पुगेका छन् । कोरोन संक्रमति देश कतार, भारत, दुवईलगायतबाट आएकाहरु यतिबेला गाउँमै छन् । तिमध्ये भारतबाट मात्र करिब पाँच लाख गाउँ पुगेका छन् ।

    उपत्यकाबाट करिब पाँच लाख विभिन्न जिल्ला पुगेका छन् भने विदेशबाट आएका १५ हजारमध्ये अधिकांश गाउँमै छन् ।

    १ चैतदेखि १० चैतको अवधिमा पाँच लाख सर्वसाधरणले उपत्यका छाडेको ट्राफिक प्रहरीको तथ्याङक छ भने चेकजाँच सुरु गरेयता भारतबाट मात्र करिब १० लाख नेपाल आएका छन् ।

    गृह मन्त्रालयको एक विश्लेषणअनुसार यो अवधिमा २० लाख सर्वसाधरण गाउँ पुगेका छन् । कतिपय उपत्यका फर्केपनि अधिकांश भने गाउँमै छन् ।

    यस्तो बेला एक जनालाई मात्र पनि गाउँमा कोरोनाको संक्रमण देखिएको खण्डमा गाउँनै सखाप हुने अवस्था आउन सक्छ । त्यसलै यसतर्फ पनि सरकार सचेत हुन जरुरी छ ।

    हुनत सरकारले विदेशबाट फर्किएकामाथि निगरानी राख्न स्थानीय तहलाई निर्देशन दिएको छ भने प्रहरीलाई पनि सरकारले शंकास्पद बिरामी खोज्न परिचालन गरेको छ । तर, स्थानिय तहले कसरी काम गरिरहेका छन् भन्ने विषयमा एकिन जानकारी आएको छैन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार