Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोना संक्रमणबाट बेलायती कूटनीतिज्ञको मृत्यु

    कोरोना संक्रमणबाट बेलायती कूटनीतिज्ञको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 1.4K
    SHARES

    लन्डन । कोराना भाइरस(कोभिड–१९) को संक्रमणबाट हंगेरीमा एकजना बेलायती कूटनीतिज्ञको मृत्यु भएको छ । बेलायती विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार हंगेरीको राजधानी बुडापेस्टमा रहेको बेलायती दूतावासमा कार्यरत ३७ वर्षीय स्टिभन डिकको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हो । दूतावासमा ‘डेपुटी हेड अफ मिसन’ का रुपमा कार्यरत स्टिभनको मृत्यु मंगलबार भएको बेलायती विदेश मन्त्रालयले जानकारी दिएको छ।

    बेलायती विदेश सचिव डोमिनिक राबले स्टिभनको मृत्युले आफू निकै दुःखी भएको बताएका छन्। ‘स्टिभनको निधनको खबरले म अत्यन्तै मर्माहत भएको छु। यो दुःखद घडीमा म उनका बुवा स्टिभन र आमा क्यारोललाई समवेदना प्रकट गर्न चाहन्छु,’ राबले भने। स्टिभन गत हप्तादेखि अस्वस्थ भएको र स्वास्थ्य परीक्षण गराउँदा कोभिड-१९ को संक्रमण देखिएको थियो।



    सन् २००८ मा बेलायती विदेश सेवामा आबद्ध भएका स्टिभनले साउदी अरब र अफगानिस्तानमा रहेका बेलायती दूतावासमा पनि काम गरेका थिए। हंगेरीमा उनी बेलायती राजदूत आयन लिन्ड्सेको प्रमुख सल्लाहकारको जिम्मेवारी सम्हाल्दै आएका थिए। बेलायतका अहिलेसम्म कोरोना भाइरसबाट ९ हजारभन्दा बढी संक्रमित भएका छन् भने ४६५ जनाको मृत्यु भएको छ। त्यस्तै हंगेरीमा २६१ जना संक्रमित हुँदा १० जनाको मृत्यु भएको छ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार