Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ‘अमेरिकामा कोरोना संक्रमण बुलेट ट्रेनको गतिमा फैलिइरहेको छ’

    ‘अमेरिकामा कोरोना संक्रमण बुलेट ट्रेनको गतिमा फैलिइरहेको छ’

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 2.1K
    SHARES

    न्युयोर्क । नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय अमेरिकामा तीव्र रूपमा फैलिइरहेको छ ।न्युयोर्क राज्यका गभर्नर एन्ड्रयु कोमोले कोभिड–१९ को संक्रमण ‘बुलेट ट्रेन’ भन्दा तीव्र गतिमा फैलिरहेको भन्दै औषधोपचार सामग्रीको आपूर्तिका लागि आग्रह गरिसकेका छन् । पत्रकारहरूसँग बोल्दै उनले संक्रमणको दर सोचेभन्दा निकै तीव्र र उच्च रहेको जनाए ।

    संघीय सरकारले आवश्यक सामग्री पठाउन नसकेको उनको गुनासो छ । उनका अनुसार न्युयोर्कमा हाल कम्तीमा ३० हजारवटा भेन्टिलेटर आवश्यक भए पनि ७ हजारवटा मात्र छन् । संघीय सरकारले जम्मा ४ हजारवटा मात्र भेन्टिलेटर पठाएकोमा उनले आलोचना गरे ।



    न्यूयोर्क सिटी अस्पतालमा कार्यरत एक चिकित्सकले सीएनएनसँगको कुराकानीमा स्थिति भयावह भएको बताएका छन् । दुई हप्ताअघि र अहिलेको अवस्थामा आकाश जमिनको फरक भएको पनि बताएका छन् । कोरोना भाइरस संक्रमणको आशंकामा अमेरिकी अस्पतालमा मानिसहरुको भीड लागेको छ । स्रोत साधन नहुँदा आफूहरुलाई काम गर्न निकै कठिन भएको ती चिकित्सक बताउँछन्, ‘हामीसँग मेसिन छैन, हामीसँग बेड पनि छैन । भन्न त हामी न्यूयोर्कमा बसिरहेका छौँ भन्छौं तर अवस्था यस्तो छ । यहाँको अवस्था गरिब देशहरुको जस्तै छ,’ ती चिकित्सकले भने ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार