Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बग्दादमा फेरि अमेरिकन दुतावासमा हमलाकाे प्रयास, दुई रकेट प्रहार

    बग्दादमा फेरि अमेरिकन दुतावासमा हमलाकाे प्रयास, दुई रकेट प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 2.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । इराकको राजधानी बग्दादको हाई सेक्योरिटी जोन भएकाे इलाकामा बिहीबार बिहान दुई वटा रकेट हमला गरिएकाे छ। यो इलाका ‘ग्रीन जोन’ मा पर्छ र यहाँ अर्को देशको दुतावास र सरकारी भवनहरू छन्। इराकी सेनाले यो हमलाकाे बारेमा जानकारी दिएकाे हाे। इराकको एउटा सुरक्षा स्रोतले भन्याे,’यस्ताे लागिरहेकाे छ कि याे हमलाले अमेरिकी दूतावासलाई निशाना बनाएकाे थियाे, जुन रकेट हमला गरिएकाे स्थानबाट केही पर छ।’

    इराकमा विदेशी सेनालाई निशाना बनाएर गत वर्षकाे अक्टूबरदेखि सुरू भएकाे हमलामा याे पटककाे २६ अाैँ हमला हाे। तर हमलामा कुनै मनाविय क्षति भएकाे छैन। याे हमलाकाे पछडि कसकाे संलग्नता रहेकाे बारेमा अहिले सम्म खुल्न सकेकाे छैन। तर आतंकी समूह मोर्टार र रकेटबाट याे ग्रीन जोनलाई प्राय निशाना बनाइरहेका छन्। यो क्षेत्र १० वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएकाे टाइग्रिस नदीको पश्चिमी तटमा अवस्थित छ।



    गत वर्षकाे अक्टाेबरदेखि हालसम्म इराकमा अवस्थित विदेश सेना तथा विदेशी सेना बसेकाे स्थान र दूतावासला निशाना बनाउँदै धेरै पटक हमला  भइसकेकाे छ।बगदाद टुडे न्यूज आउटलेटकाे रिपोर्टअनुसार ग्रीन जोनमा रकेट खसालिएकाे छ। तर याे हमलाले कुनै क्षति भएकाे छैन। हमलापछि याे क्षेत्रमा सुरक्षा बढाइएकाे छ।



    अमेरिकाले इरानका शीर्ष कमाण्डर कासिम सुलेमानीलाई हवाई हमलामा मार्यो। त्यसबेलादेखि दुवै देशहरूमा तनावको स्थिति छ। सुलेमानीको हत्याको बदला लिन इरानी सेनाले अमेरिकी सेनामा धेरै चोटी आक्रमण गरेको छ, जहाँ एकतर्फ विश्वले कोरोना भाइरसको खतराको सामना गरिरहेकाे बेला घटनाले तनावको स्थिति उत्पन्न भएकाे छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार