Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • पर्यटक उद्धारका लागि तारा र बुद्ध एयरलाई उडानकाे अनुमति

    पर्यटक उद्धारका लागि तारा र बुद्ध एयरलाई उडानकाे अनुमति

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 1.2K
    SHARES

    काठमाडाैँ । पर्यटक उद्धारका लागि तारा र बुद्ध एयरले उडानकाे अनुमति पाएकाे छ। बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिको बैठकले विभिन्न क्षेत्रमा रहेका पर्यटकलाई उद्धार गरी आफ्नो देश फर्काइने निर्णय गरेपछि तारा र बुद्ध एयरले उडानकाे अनुमति पाएका हुन्। बिहीबार ती २ विमानले उडान भरेका हुन् ।

    ४९ जना पर्यटकलाई काठमाडौं ल्याउनको लागि बुद्ध एयरको जहाज बिहीबार दिउसो ३:४० मा पोखरमा ल्याण्ड गरेको हो भने तारा एयरको विमानले लुक्लाबाट १४ जना फ्रान्सेली नागरिक लिएर आएको छ । तारा एयरको फ्रान्स दूतावसले चाटर गरेर लगेको हो । विदेशमा जाने तालिका नमिलेसम्मको लागि सरकारले ती विदेशी नागरिकलाई होटलमा राख्ने व्यवस्था गरेको छ ।



    बुधबार निर्णय कार्यान्वयन गर्दै बिहीबार बुद्ध एयरको लागि पोखरा र तारा एयरको लागि लुक्ला उडानकाे लागि अनुमति दिइएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार