Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • के हो पश्चिम नेपालको आकाशमा देखिएको त्यो चम्किलो दृश्य ?

    के हो पश्चिम नेपालको आकाशमा देखिएको त्यो चम्किलो दृश्य ?

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाण्डौँ । बिहीबार राती आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले गए राती प्रेस विज्ञप्ति जारी गर्दै नेपाली आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुन सक्ने बताएका छन्।

    साँझ करिब ८ बजे तिर नेपाली आकाशमा केही चम्किलो वस्तु सँगसँगै आवाज पनि सुनिएको भन्ने सूचना हाम्रो फेसबुक पेजमार्फत प्राप्त भएको छ, विज्ञप्तिमा उल्लेख गरिएको छ,प्रारम्भिक सूचनाको अनुमान स्वरूप उक्त वस्तु उल्कापिण्ड हुन सक्ने आधार रहेको कुरा छ।



    साथै सोसाइटीले प्राप्त जानकारीहरूको आधारमा उल्कापिण्ड गण्डकी प्रदेशमा खसेको हुनसक्ने बताएको छ।उसले गण्डकी प्रदेशमा केही घटना भएको भए सोसाइटीलाई खबर गर्न समेत अनुरोध गरेको छ।



    सोसाइटीका अनुसार उल्कापिण्ड खसेको ठाँउमा क्षति हुने र खसेको आवाज सुनिन्छ।’उल्कापिण्ड खसेको ठाँउमा क्षति हुन्छ नै र धेरै जनाले आवाज सुनेको विवरण हामीलाई पठाउनुभएकाले सबै भन्दा ठुलो आवाज सुनिएको ठाँउतिर नै खस्ने जानकारी गर्दछौँ, सोसाइटीले बताएको छ। साथै अनुसन्धान गर्न सोसाइटीले आफूसँग प्राप्त भएका तस्विर तथा भिडिओ भए पठाउन समेत अपिल गरेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार