Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • काठमाडौंमा लकडाउन उल्लंघन गर्ने ७६ जना पक्राउ

    काठमाडौंमा लकडाउन उल्लंघन गर्ने ७६ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 3.8K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं। काठमाडौंमा लकडाउन उल्लंघन गर्ने ७६ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरिय प्रहरी परिसर काठमाडौंले लक डाउन उल्लंघन गर्ने ७६ जनालाई प्रविधिको प्रयोग गरी पक्राउ गरेको हो ।

    उनीहरुलाई स्क्रिनिङ गरी आफन्तको जिम्मा लगाएर साँझ छाडिएको छ । विश्वमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस( कोभिड १९) नियन्त्रणको लागि सरकारले यही चैत ११ गते देखि देशभरी लकडाउन गरेको छ ।



    लकडाउन उल्लंघनन गरी हिडनेलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी कार्यालयले मातहतका कार्यालयहरूलाई १५ थान रेस्क्यू तथा एरेस्टेड उपकरण दिएको थियो । सोही उपकरण प्रयोग गरी लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गरिएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होमिन्द्र वोगटीले जानकारी दिए।



    उक्त उपकरणको सहयोगमा प्रहरीले कुनै पनि व्यक्तिलाई पक्राउ गर्न उसको नजिक पुग्नु नै पर्दैन भने करिब एक मिटरको दुरीमा रहेर उपकरणको सहायताले पक्राउ गर्न सकिने डिएसपी वोगटी वताउँछन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार