Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • स्पेनले चिनियाँ कोरोना भाइरस किट्समाथि किन लगायाे प्रतिबन्ध?

    स्पेनले चिनियाँ कोरोना भाइरस किट्समाथि किन लगायाे प्रतिबन्ध?

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौं । स्पेनको राजधानीमा चिनियाँ कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने किट्सको प्रयोगमा रोक लगाइएको छ । शोधकर्ताहरुले उक्त किट्सहरु विश्वसनीय नरहेको निष्कर्ष निकालेसँगै राजधानी मेड्रिड सहरमा उक्त किट्सको प्रयोगमा रोक लगाइएको हो ।

    स्पेनमा निरन्तर यो भाइरसका संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको चिनियाँ किट्समाथि आशंका पैदा भएको हो । स्पेनमा अहिलेसम्म यो भाइरसको संक्रमण ५७ हजार नाघिसकेको छ भने ४ हजार ३ सय भन्दा धेरैको ज्यान गइसकेको छ । स्पेनको अग्रणी शोधकर्ता संस्था एसईआईएमसीले आफ्नो वेबसाइटमा चीनको शेन्जेनमा रहेको बायोइजी बायोटेक्नोलोजीले निर्माण गरेको ‘नोज स्वाब’को एक्युरेसी ३० प्रतिशतभन्दा कम देखिएको उल्लेख गरेको छ ।



    स्पेनिस पत्रिका एल पेइसले मेड्रिड सरकारले बायोइजीले निर्माण गरेको किट्समा रोक लगाउने निर्णय गरेको उल्लेख गरेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले त्रुटि देखिएका किट्सहरु फेर्न बायोइजीलाई निर्देशन दिएको छ । स्पेनले यो कम्पनीलाई ३ लाख ४० हजार परीक्षण किट्सको अर्डर दिएको थियो । यस विषयमा चिनियाँ कम्पनीले भने कुनै प्रतिक्रिया दिएको छैन । पत्रिकाले उल्लेख गरेअनुसार बायोइजीले आफ्नो उत्पादनले ८० प्रतिशत सही नतिजा दिने उल्लेख गरेको छ । तर, जाँचमा भने त्यस्तो नपाइएको एसईआईएमसीको अध्ययनमा देखिएको छ । चेक गणतन्त्रमा पनि चिनियाँ कम्पनीले निर्माण गरेको मेडिकल उपकरणको विषयमा प्रश्न उठेको छ ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार