Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोनासँग लड्न अमेरिकामा अहिलेसम्मकै ठूलो राहत प्याकेज

    कोरोनासँग लड्न अमेरिकामा अहिलेसम्मकै ठूलो राहत प्याकेज

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट उत्पन्न आर्थिक संकटलाई निस्तेज पार्न अमेरिकी सरकारले कोरोना प्रकोपविरुद्ध दुई खर्ब डलरको आपत्‌कालीन राहत प्याकेज पारित गरेको छ ।

    कोरोनाको संक्रमणले आक्रान्त बनेको अवस्थामा अमेरिकी कंग्रेसले आपत्‌कालीन राहत प्याकेजलाई अनुमोदन गरेको हो । यो अमेरिकी इतिहासकै सर्वाधिक ठूलो राहत प्याकेज हो ।



    राहत प्याकेजसम्बन्धी ल्याएको प्रस्ताविक विधेयक कंग्रेसबाट पारित भएपछि शुक्रबार नै राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्।



    कंग्रेसमा विधेयकलाई अनुमोदन गर्ने क्रममा दुवै पार्टी, रिपब्लिकन र डेमोक्रयाट्कि एकमत भएका थिए। विधेयकमाथि केही दिनको विवादपछि पछि गत बुधबार कंग्रेसको माथिल्लो सदन सिनेटले शून्यका विरुद्व ९६ मतसहित पास गरेको थियो। आठ सय ८० पेजको सो विधेयकमाथि शुक्रबार कंग्रेसको तल्लो सदन हाउसले पास गरेको हो।

    कोभिड १९ बाट अमेरिकामा सर्वाधिक एक लाख बढी संक्रमित भइसकेका छन भने एक हजार ६ सय बढीको मृत्यु भइसकेको छ। यो आपत्कालीन प्याकेजले अमेरिकी परिवार, कामदार एवम व्यबसायलाई तत्काल राहत दिने राष्ट्रपति ट्रम्पले बताएका छन् ।

    कानुनतः अब अमेरिकी सरकारले प्रत्यक्षरुपमा नागरिकहरुलाई राहत रकम उपलब्ध गराउने छ भने राज्य सरकारलाई सहयोग गर्नेछ। त्यसैगरी व्यवसायलाई सहुलियत दरमा ऋण प्रदान गर्नेछ।

    राहत प्याकेजअन्तर्गत व्यक्ति एवम परिवारलाई दिइने ‘चेक’ का लागि २५० अर्ब डलर छुटट्याइएको छ। गत वर्षको कर दाखिलाको आधारमा वार्षिक ७५ हजार डलरसम्म आम्दानी गर्ने व्यक्तिले एक हजार दुई सय डलरको राहत चेक पाउनेछन भने दम्पतीको हकमा एक लाख ५० लाख डलरसम्मको आम्दानी गर्नेले दुई हजार चार सयको चेक प्राप्त गर्नेछ। परिवारको हरेक बच्चाका लागि ५ सय डलर छुटट्याइएको छ। एजेन्सी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार