Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • फिलिपिन्सका सैन्य प्रमुखलाई कोरोना संक्रमण

    फिलिपिन्सका सैन्य प्रमुखलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 2K
    SHARES

    मनिला । चीनबाट सुरू भइ महामारीकाे रूप लिएकाे काेराेना भाइरसले पछिल्लाे समय अधिकांश देशका हाइ प्राेफाइलका मान्छेलाए नै चपेटमा परकाे छ।
    साेही हाइ प्राेफाइलका फिलिपिन्सका सेना प्रमुखलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएकाे समाचार अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन्।।

    फिलिपिनो सेना प्रमुख फेलिमन सान्तोसको परीक्षण यही मार्च २३ मा गरिएको थियो । शुक्रबार मात्रै उनलाई कोभिड १९ भएको सैन्य जनसम्पर्क कार्यालयले जानकारी दिएको हो । सेना प्रमुख सान्तोको पोजिटिभ रिपोर्ट आएपछि उनीसँग भेटेका वा नजिक रहेका अन्य सैन्य अधिकारीहरुको पनि कोरोना परीक्षण गरिन थालेको छ । केही उच्च अधिकारीहरु पनि क्वारेन्टाइनमा बस्न थालेका छन् ।



    सान्तोसलाई पोजिटिभ रिपोर्ट आउना साथ शुक्रबारदेखि नै १४ दिनका लागि कडा क्वारेन्टाइनमा राखिएको छ । उनका लागि सैन्य क्याम्पभित्रै क्वारेन्टाइनको व्यवस्था गरिएको बताइएको छ ।



    यस्तै यही शनिबार ७५औं जन्मदिन मनाउन तयार रहेका फिलिपिनो राष्ट्रपति रोड्रिगो दुतेर्ते पनि सेल्फ क्वारेन्टाइनमा बस्न थालेका छन् । राष्ट्रपतिका प्रवक्ता साल्भाडोर पानेलोका अनुसार दुतेर्ते क्वारेन्टाइनबाटै आफ्नो नियमित काम गर्नेछन् ।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार