Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • न्यूयोर्कमा क्वारेन्टाइन बनाउने अमेरिकाको तयारी, लकडाउन गर्न गभर्नर असहमत

    न्यूयोर्कमा क्वारेन्टाइन बनाउने अमेरिकाको तयारी, लकडाउन गर्न गभर्नर असहमत

    अनलाइन नेपाल
  • आइतबार, १६ चैत्र २०७६
  • 1.4K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि न्यूयोर्कबासीलाई क्वारेन्टाइनमा राख्नेबारे तयारी भइरहेकाे छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोकथामका लागि न्यूयोर्कबासीलाई क्वारेन्टाइनमा राख्नेबारे विचार गरेपछि प्रथामिक स्तरमा तयारी थालिएकाे हाे।

    संक्रमणको केन्द्र न्यूयोर्कमा भएकाले कम्तिमा दुई हप्ताका लागि क्वारेन्टाइनमा राख्नेबारे सोचिरहेको उनले बताएका हुन् । ट्रम्पले पत्रकारहरुसँग भनेका छन्, ‘न्यूयोर्कका अलावा न्यूजर्सी र अन्य केही स्थानलाई पनि क्वारेन्टाइनमा राख्न सकिन्छ । क्वारेन्टाइनमा राख्न जरुरी भइसकेको छ ।’



    न्यूयोर्क राज्यमा ५२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैबीच, न्यूयोर्कका गभर्नर एन्ड्र’ क्योमोले न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने राष्ट्रपति ट्रम्पको प्रस्तावमा आफू सहमत रहेको बताएका छन् । तर, लकडाउन गर्न भने नसकिने उनले बताएका छन् ।



    सीएनएनसँग कुरा गर्दै उनले ‘न्यूयोर्क त पहिलेदेखि नै लगभग क्वारेन्टाइनमै छ । यहाँ कुनै कार्यक्रमहरु भएका छैनन् । मानिसहरुको भीड पनि जम्मा भएको छैन । यदि मानिसहरुलाई घरबाट बाहिर निस्कन रोक लगाइयो भने त्यो लकडाउन हुन्छ । लकडाउन भयो भने हामी पनि चीनको वुहान जस्तो हुन्छौं । त्यसैले लकडाउन गर्नुहुँदैन ।’

    क्योमोले लकडाउन गर्ने सोच अमेरिका विरोधि र अर्थव्यवस्थामा खतरा भनेका छन् । उनले भनेका छन्, ‘लकडाउन गर्नु युद्धको घोषणा गरेजस्तो हुन्छ । यसमा म सहमत हुँदैन ।’

    चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले अमेरिकामा तीब्र रुपमा फैलिएको छ । अमेरिकामा हालसम्म एक लाख २३ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १९ हजार ३ सय नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ११ पुगेको छ । ट्रम्प प्रशासनको सुस्त कार्यशैली र जनताको लापरवाहीका कारण अमेरिकालाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण टाउको दुखाईको विषय बनेको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार