Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एकाबिहानै ‘लकडाउन’ उल्लघंन गर्ने ५५ महिलासहित २ सय बढी पक्राउ

    एकाबिहानै ‘लकडाउन’ उल्लघंन गर्ने ५५ महिलासहित २ सय बढी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १६ चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडाैं । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले विभन्न कदम चालेकाे छ। साेही क्रममा लकडाउनलाई सफल पार्न प्रहरी प्रशासनलाई सरकारले कडा निर्देशन दिएकाे छ। साेही निर्देशन बमाेजिम एक विहानै लकडाउन उल्लघंन गर्ने ५५ महिलासहित २ सय १० जनालाई प्रहरीले पक्राउ गरेकाे छ। जसमा १५५ जना पुरुष रहेका छन्।

    प्रहरीले आइतबार एकाबिहानै उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले हिजो दिनभर उपत्यकामा ‘लकडाउन’ उल्लघंन गर्ने करिब ५ सय जनालाई नियन्त्रणमा लिएको थियो।
    महानगरीय प्रहरी कार्यलय, रानीपोखरी(मेट्रो) प्रहरी प्रमुख डिआईजी विश्वराज पोखरेलले आजबाट ‘लकडाउन’को उल्लघंन गर्नेलाई नयाँ तरिकाले नियन्त्रणमा राख्ने बताएका छन्।



    डिआईजी पोखरेलले अब ‘लकडाउन’ उल्लघंन गर्नेलाई जहाँ भेटिन्छ त्यही २ घण्टासम्म नियन्त्रणमा लिएर राख्ने बताए।उनले यसक्रममा नियन्त्रणमा परेकालाई उचित दुरी मिलाएर दुई घण्टा राखेर ब्रिफिङ् गरेर छाड्ने जानकारी दिए। यसैगरी प्रहरीले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन नागरिकसमक्ष आग्रह गरेको छ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार