Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोरोनाले विश्वभर ३० हजार बढीको मृत्यु, साढे ६ लाख बढी संक्रमित

    कोरोनाले विश्वभर ३० हजार बढीको मृत्यु, साढे ६ लाख बढी संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, १६ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडाैं । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८५१ जनाको मृत्यु भएको छ । ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन् । अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि सञ्चो भएका छन् ।

    सबैभन्दा बढी इटलीमा १० हजारजनाको मृत्यु भएको छ ।इटलीमा अहिले पनि ९० हजार बढी संक्रमित छन् । अमेरिकामा पनि कोरोना संक्रमितको संख्या एकलाख बढी रहेको बीबीसीले जनाएको छ ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार