Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • इटालीमा कोरोना महामारीकाे भयाभय अवस्था, मृतककाे संख्या १० हजार नाघ्यो

    इटालीमा कोरोना महामारीकाे भयाभय अवस्था, मृतककाे संख्या १० हजार नाघ्यो

    अनलाइन नेपाल
  • आइतबार, १६ चैत्र २०७६
  • 2K
    SHARES

    एजेन्सी । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट इटालीमा गत २४ घण्टाभित्र ८८९ को ज्यान गएको छ। यससँगै इटालीमा ज्यान गुमाउने संख्या १० हजार २३ पुगेको छ।

    यस्तै ९२ हजार ४७२ मा भाइरस संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये १२ हजार ३८४ निको भएका छन्। यसैगरी तीव्र गतिमा फैलिरहेको स्पेनमा ५ हजार ९८२ ले ज्यान गुमाइसकेका छन्। गत २४ घण्टाभित्र थप ७ हजार ५१६ मा संक्रमण पुष्टि भएको छ। यससँगै स्पनेमा ७३ हजार २३५ संक्रमित भइसकेका छन्।



    संयुक्त राज्य अमेरिकामा २ हजार १४७ को ज्यान गएको छ। सबभन्दा बढी संक्रमण रहेको अमेरिकामा १ लाख २२ हजार ६६६ संक्रमण पुष्टि भइसकेको छ। चीनको वुहानबाट गत डिसेम्बरदेखि फैलिएको भाइरस संक्रमणका कारण विश्वभर ३० हजार बढीले ज्यान गुमाइसकेका छन्। शनिबार राती अबेरसम्मको तथ्यांकअनुसार ६ लाख ६२ हजार ७३ जनामा भाइरस पुष्टि भइसकेको छ।



    कुन देशमा कति (आँकडा)

    अमेरिका
    संक्रमित: १,२२,६६६
    मृत्यु: २,१४७
    निको: १,०७३

    इटाली
    संक्रमित: ९२, ४७२
    मृत्यु: १०,२३
    निको: १२,३८४

    चीन
    संक्रमित: ८१,९९९
    मृत्यु: ३,२९९
    निको: ७५,१००

    स्पेन
    संक्रमित: ७३,२३५
    मृत्यु: ५,९८२
    निको: १२,२८५

    जर्मनी
    संक्रमित: ५७,६९५
    मृत्यु: ४३३
    निको: ८,४८१

    फ्रान्स
    संक्रमित: ३८,१०५
    मृत्यु: २,३१७
    निको: ५,७२४

    इरान
    संक्रमित: ३५,४०८
    मृत्यु: २,५१७
    निको: ११,६७९

    बेलायत
    संक्रमित: १७,३१२
    मृत्यु: १,०२१
    निको: १५१

    स्वीजरल्यान्ड
    संक्रमित: १४,०७६
    मृत्यु: २६४
    निको: १,५३०

    नेदरल्यान्ड
    संक्रमित: ९८१९
    मृत्यु: ६४०
    निको: ६

    दक्षिण कोरिया
    संक्रमित: ९,४७८
    मृत्यु: १४४
    निको: ४,८११

    भारत
    संक्रमित: ९८७
    मृत्यु: २४
    निको: ८४

    नेपाल
    संक्रमित: ५
    मृत्यु: ०
    निको: १
    (स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार