Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अमेरिकामा काेराेनाले मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

    अमेरिकामा काेराेनाले मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

    अनलाइन नेपाल
  • आइतबार, १६ चैत्र २०७६
  • 1.6K
    SHARES

    एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना महामारीबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। दुई दिनमा दुईगुना मृतककाे संख्या बढेकाे अधिकारीहरूले बताएका छन्। अहिलेसम्म त्यहाँ १ लाख २० हजार भन्दा बढी मानिसमा संक्रमण भएको पुष्टि भएको छ।

    तर राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस संक्रमणको प्रकोपबाट अतिप्रभावित न्यूयोर्क तथा न्यूजर्जीका विभिन्न क्षेत्रमा क्वारेन्टाइन लागु गर्ने सम्भावनालाई अस्वीकार गरेका छन् । त्यसप्रति ती दुई राज्यका गभर्नरले रिस प्रकट गरेका छन्। न्यूयोर्कका गभर्नरले उक्त निर्णयले सर्वसाधारणमा सन्त्रास उत्पन्न हुने र वित्तीय क्षेत्र अस्थिर हुने बताए।



    यसअघि राष्ट्रपति ट्रम्पलले कोभिड १९ को विस्तार रोक्न न्यूयोर्क तथा न्यूजर्जी र कनेक्टिकट राज्यका केही भागमा क्वारन्टीन गर्न सकिने बताएका थिए। तर पछि उनले त्यसो गरेनन्। ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको सिफारिसमा उक्त निर्णय लिइएको उनले बताए। अमेरिकामा न्यूयोर्क महामारीबाट अतिप्रभावित राज्य हो। त्यहाँ मात्रै ५२ हजारभन्दा बढी मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ।



    ट्रम्पले ट्विटरबाट सेन्टर्ज फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) ले बलियो ‘ट्र्याभल एड्भाईजरी’ जारी गरिने घोषणा गरेपछि सीडीसीले ती तीन राज्यका सर्वसाधारणलाई १४ दिन अनावश्यक यात्रा नगर्न आग्रह गर्दै एउटा विज्ञप्ति प्रकाशित गरेको हो ।

    तर उक्त व्यवस्था स्वास्थ्यकर्मी र खाद्यसामग्री उपलब्ध गराउने व्यक्तिसहित गम्भीर प्रकृतिको सेवा प्रदान गर्नेहरूलाई लागु हुनेछैन। अहिलेसम्म विश्वभरि ६ लाख ४० हजार भन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ। तीमध्ये झन्डै ३० हजारको मृत्यु भइसकेको छ।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार