Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अन्तत: मोदीले मागे माफी

    अन्तत: मोदीले मागे माफी

    अनलाइन नेपाल
  • आइतबार, १६ चैत्र २०७६
  • 2.4K
    SHARES

    नयाँदिल्ली । कोरोना भाइरस रोकथामका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कडा निर्णय’ गर्नु परेकोमा आम जनतासँग माफी मागेका छन् । भारत सरकारले लकडाउन घोषणा गरेको पाँच दिन पुगेको छ ।

    ‘मैले लिनु परेको केही कठिन निर्णयले गर्दा आम जनतामा पर्न गएको असुविधालागि म राष्ट्रसँग माफी माग्दछु । तर तपाईँहरुको रक्षाको लागि मैले यस्तो निर्णय लिनुपर्ने थियो,’ प्रधानमन्त्री मोदीले भनेका छन् ।



    मोदीले आफ्नो मासिक रेडियो सम्बोधन ‘मन की बात’ मा यस्तो बताएका हुन् । दुई सातादेखि भारतमा लकडाउन छ । दोस्रो पटक सरकारले २१ दिनको लागि लकडाउन घोषणा गरेको हो ।



    लकडाउन गरिएसँगै भारतका विभिन्न ठाउँमा हजारौं आप्रवासी कामदार तथा मजदुरहरु अलपत्र परेका छन् । सयौँ किलोमिटरसम्म भोकभोकै पैदल यात्रा गर्नु परेको छ ।

    सरकारी घोषणासँगै हजारौँ कामदार तथा कामका लागि सहरमा बस्दैआएका गाउँका मजदुरहर हतारमा घर फर्किन बाध्य भएका हुन् । यातायात बन्द हुँदा उनीहरु अलपत्र परेका हुन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार