Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मौसम पूर्वानुमान: मेघ गर्जन र हावाहुरीसहित वर्षा

    मौसम पूर्वानुमान: मेघ गर्जन र हावाहुरीसहित वर्षा

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमान जारी गर्दै महाशाखाले आजबाट देशमा पश्चिमी वायुको प्रभाव रहने जनाएको छ ।

    महाशाखाले हाल हाल देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । यसैगरी, महाशाखाले मंगलबार दिउँसो देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली साथै मध्य र पूर्वका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने पूर्वानुमान गरेको छ ।



    पूर्वानुमानका अनुसार देशको पश्चिमी भू–भागमा सामान्य बदली , मध्य र पुर्वका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुनेछ । यता, पश्चिमी भू–भागका थोरै स्थानहरुमा र मध्य र पुर्वका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । भने हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार