Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अमेरिकी र अस्ट्रेलियाका नागरिक लैजान चार्टर्ड उडान

    अमेरिकी र अस्ट्रेलियाका नागरिक लैजान चार्टर्ड उडान

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल रहेका पर्यटकलाई गन्तव्य पुर्‍याउन विभिन्न देशका लागि चार्टर्ड उडान हुने भएको छ। सम्बन्धित दूतावासको पहलमा मार्च ३१, अप्रिल १, अप्रिल २ र अप्रिल ३ का लागि अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले अन्नपूर्णलाई जानकारी दिए। सरकारले चैत्र १० गतेदेखि २५ गतेसम्मका लागि बाह्य उडान बन्द गरेको भए पनि यस अवधिमा नेपालमा रहेका आफ्ना नागरिक लैजान मिल्ने गरी चार्टर्ड उडान भइरहेका छन्।

    प्राधिकरणका अनुसार मार्च ३१ तारिखका लागि कतार एयरवेजमार्फत अमेरिकन नागरिकलाई गन्तव्य मुलुक पुर्‍याउने तयारी भएको छ। काठमाडौं नियमित उडान भर्ने कतार एयरवेजको एयरबस ३३०-३०० सिरिजको विमान मंगलबार ११ बजेतिर काठमाडौं आउने र मध्यान्ह १२:१५ बजे काठमाडौंबाट प्रस्थान गर्ने तालिका रहेको प्रवक्ता क्षेत्रीले बताए। कतार एयरवेजको क्यूआर ३२८६ विमानले करिब ३ सय जना अमेरिकन नागरिक र ग्रिनकार्ड होल्डर नेपालीलाई अमेरिका लैजाने बताइएको छ।



    यस्तै, अप्रिल १ तारिकका लागि नेपाल वायुसेवा निगमको वाइडबडि ब्रिसवेन जाने तयारीमा छ। सम्भवत: बिहीबार साँझ ५:३० बजेको उडान तालिका रहेको विमानबाट करिब २३० जना अस्टे«लियन र न्युजल्यान्डका नागरिक लैजाने भएको निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। निगमको वाइडबडिको यात्रु क्षमता २७४ जना रहेको छ। उडान तालिका अनुसार काठमाडौं-क्वालालाम्पुर-व्रिसबेन रहेको छ। क्वालाम्पुरमा इन्धन भर्न टेक्निकल ल्यान्ड गर्न लागिएको प्रवक्ताको भनाइ छ।



    निगमको अर्को विमान अप्रिल २ मा चीनको ग्वान्जाओ जाने तयारीमा छ। यो कार्गो फ्लाइट भएको बताइएको छ। निजी क्षेत्रले निगमको विमान चार्टर्ड गरी स्वास्थ्यलगायत सामान आयात गर्न काठमाडौंदेखि ग्वान्जाओ उडान भर्ने तयारी भइरहेको बताइएको छ। अप्रिल ३ मा कोरियाली नागरिक लैजान कोरियन एयरलाइन्स नेपाल आउने तयारीमा छ। जापान, बेलायतलगायत दूतावासले पनि चार्टर्ड उडानमार्फत् आफ्ना नागरिक लैजान पहल गरिरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए।

    नेपालमा अड्किएका नागरिकलाई स्वेदश फिर्ता लैजान सम्बन्धित सबै मुलुकले पहल गरिरहेको भए पनि प्रक्रियागत रुपमा अघि बढ्नुपर्ने हुँदा यकिन भन्न नसकिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए। अन्नपुर्ण पाेष्टबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार