Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • अस्पतालमा काम गरेकाे भन्दै नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ

    अस्पतालमा काम गरेकाे भन्दै नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 1.8K
    SHARES

    फाइल तस्विर

    दाङ । अस्पतालमा काम गरेकाे भन्दै नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ परेका छन्। कोरोना संक्रमण हुन सक्ने भन्दै नर्सलाई डेराबाट निष्काशन गरेकाे अभियाेगमा घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा सचिव नारायण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    सचिवको घरमा डेरा गरि बस्दै आएकी नर्स सृजना खड्काका कारण कोरोना संक्रमण हुन सक्ने भन्दै खड्कालाई डेराबाट उनले निष्काशन गरेका गरेका थिए। घोराहीस्थित बुद्ध ईन्टरनेशनल हस्पिटलमा कार्यरत नर्स खड्का गत मंसिरदेखि आचार्यको घरमा डेरा गरि बस्दै आएकी थिइन्।



    ‘स्टाफ नर्सलाई डेराबाट निकालेको खवर आएपछि वडा सचिव आचार्यलाई नियन्त्रणमा लिएका हौँ,’ जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी जनक भट्राईले भने ‘घटना बारे आवश्यक छानवीन गरि दोषी भए कारवाही प्रकृया अगाडी बढाइने छ।’



    नर्स खड्काका अनुसार उक्त कोठामा खड्काकी एकजना साथी र ति साथीका दाजु बस्दै आएका थिए। सुरुमा उक्त कोठामा खड्काकी साथी बस्दै आएकी थिइन्। उनै साथीले घरबेटीसंग सल्लाह गरेर खड्कालाई पनि आफ्नो कोठामा बस्न भनेपछि खड्का गत मंसिरमा त्यहाँ गएकी थिइन्। ‘उहाँले कोठा सानो भएको भनेर भन्नु भएको हैन,मैले बेकारमा उहाँलाई आरोप लगाउने कुरै भएन नि,’खड्काले भनिन् ‘कोरोनाको संक्रमणको त्रास फैलन सुरु भएदेखि उहाँहरुले अस्पताल तिरै बस्ने व्यवस्था मिलाउन भनेर भन्दै आउनु भएको थियो, तर हामीहरु त्यहिँ बसिरहेपछि कोठा छोडन्ै पर्ने भनेर दबाब दिनु भएको हो।’

    हस्पिटलमा बिरामीसंगको सम्पर्कका कारण नर्स खड्का मार्फत कोरोना संक्रमण फैलन सक्ने भन्दै आचार्यको परिवारले कि अस्पतालबाट बिदामा बस्न वा डेरा छोड्न दवाब दिएका थिए। अस्पतालले विदा नदिने भएपछि खड्काले डेरा छोड्नु परेको थियो। उनी अहिले होटेलमा बस्दै आएकी छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार