Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • चिनियाँ ठेकेदारमाथि लमजुङबासी आक्रोशित

    चिनियाँ ठेकेदारमाथि लमजुङबासी आक्रोशित

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडाैँ । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरस राेकथाम तथा नियन्त्रणकाे लागि सरकारले देशभर लगाएकाे लकडाउनमा पनि चिनियाँ ठेकेदार र चिनियाँ कामदारहरुको आवागमन राेकिएकाे छैन। जसकारण लकडाउनमा पनि निमार्ण कार्यलाइ निरन्तरता दिएपछि स्थानीयफ आक्रोशित भएका छन्।

    फलस्वरुप सोमबार लमजुङमा अप्रिय घटना हुनपुग्यो । स्थानीय वासिन्दा र चिनिँया ठेकेदार तथा कामदारहरुबीचको झडपको स्थिति समेत बन्यो । मस्र्याङ्गदी गाउँपालिका वडा नं ६ ठूलोबेसीस्थित न्यादी हाईड्रोपावरमा कार्यरत चिनियाँ नागरिकहरुले लकडाउनको बेला पनि गाँउ हुँदै निर्माण सामग्री ल्याउन खोज्दा झडपको अवस्था आएकाे थियाे ।



    स्थानीय जनप्रतिनिधी डिलमाया थापाका अनुसार हाईड्रोपावरलाई आवश्यक सामाग्री लिएर दुई ट्रक आएपछि गाउँलेहरुले लकडाउनको बेला किन चहलपहल बढाएको भन्दै प्रश्न गरेपछि चिनियाँहरु कुटपीटमा उत्रेका थिए । स्थानीयले कोरोना भाइरस फैलिने डरले गाँउमा अपरिचित नछिरुन भनी गाँउको नाकामा लगाएको तार जाली समेत उनीहरुले फाले।



    आफुहरु घरबाट निस्कन समेत नपाएको तर चिनियाँ नागरिकहरुले भने सामग्री ल्याउने लैजाने गरेपछि उनीहरुमा आक्रोश बढ्यो । लकडाउनका समयमा पनि आयोजनाको काम नरोकी चिनियाँहरुले जवर्जस्ती गर्न खोजेपछि झडप हुन पुगेकाे थियाे । झडपपश्चात फिल्मी शैलीमा चिनियाहरु हतियारसहित नै आएपछि स्थिति नियन्त्रण गर्न प्रहरी नै परिचालित भएकाे थियाे ।

    पछिल्लो बर्ष चीनको तिब्बतको ताक्लाकोटमा एक नेपाली कमदारले तिब्बती महिलाको हत्या गरेपछि त्यहाँ कार्यरत सबै ५ सय कामदारलाई ट्रकमा हालेर एकैपटक नेपाल फिर्ता पठाइएको थियो । एकजना नेपालीले विदेशमा अपराध गर्दा सबै कार्यरत नेपाली नागरिकले त्यसको साजाय भोग्नु परेको थियो । यो तथ्य पनि स्थानीय जनताले विर्सन सकेका थिएनन् । त्यहीभएर होला अहिले स्थानीयहरु सबै चिनियाँप्रति नै क्रुद्ध छन् ।

    चीनिँयाहरुले हतियारसहित नेपालीहरु माथि आईलागेको लमजुङको यो घटना पहिलो भने होइन् । यसअघि पनि उनीहरुले यस्तो घटना दोहो¥याइसकेका छन् । अपराध गर्ने, अत्याचार गर्ने र नेपालीले बोलेपछि उल्टै जाइलाग्ने उनीहरुको बानी नै भइसकेकाे त्यहाँका स्थानीय बताउछन्।

    यसअघि गत फागुन २९ मा नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार गर्न खोज्दा ४ जना चिनियाँ नागरिकहरु पक्राउ परेका थिए । काठमाडौँको ठमेल क्षेत्रका नेपाली होटल व्यवसायीलाई दादागरी शैलीमा खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँलाई प्रक्राउ गरिएको महानगरीय प्रहरी बृत्त दरबारमार्गको अभिलेखमा उल्लेख छ । ठमेलमा होटल सञ्चाल गर्दै आएका चिनियाँहरुले नेपाली होटल व्यवसायीसँग विवाद गरेका थिए । विवादले झगडाको रुप लिएपछि चिनियाँहरुले नेपाली होटल व्यवसायीमाथि खुकुरी प्रहार गर्न खोजेका थिए । नयाँ बर्षको छुटटी मनाएर नेपाल पर्किएका ती चीनिँया व्यवासायीहरुले ग्राहकको विषयलाई लिएर विवाद गरेका थिए ।

    तर यसमा दोष जति सबै आम चिनियाँ नागरिकको मात्र होइन । मुखिया जे गर्छन त्यहीँ नै अरुले सिक्ने हुन् । नेपालस्थित चीनिँया राजदूत यान्छी होउले नै प्रेस वकतव्य जारी गरी काठमाडौं पोष्टका सम्पादक अनुप काफ्लेमाथि कारवाही गर्ने धम्की दिएकी थिइन् । यान्छी एक समाचारको विषयलाई मुद्दा बनाउदै सम्पादकमाथि नै जाइलागेकी थिइन् । उनले नेपालमा चिनियाँ व्यवस्थामा प्रेस नियन्त्रण गर्ने प्रत्यत्न गरेकी हुन् ।

    तर यसरी चीनिँयाहरुले नेपालमा अत्याचार बढाँउदै लादाँ कालान्तरमा यसले उग्र रुप लिदै जाने र यसले नेपाल तथा चीनबीचको सौह्राद्रपुर्ण सम्वन्धमा नै असर पर्ने हुँदा सबै सरोकारबालाहरु समयमा नै सचेत हुन जरुरी छ ।

    कोरोना भाईरस चीनको वुहानमै उत्पति भई संसारभर फैलिएको तथ्य अब निर्विवादित छ । २०१९ को नोभेम्वर महिना तिरै कोरोना भाईरसबारे पत्ता लागिसकेको थियो । यद्यपि चीनिँयाहरुको विदेश आवागमन करीव करीव मार्चको पहिलो हप्तासम्म जारी नै रह्यो । उनीहरु नेपाल आउने क्रम पनि जारी नै रह्यो । कोरोनाको प्रसार शुरु भएर चीनमा हजारौं मानिसहरु संक्रमित भईसकेपश्चात पनि चीनियाँ नागरिक निर्बाध रुपले नेपाल आउने जाने क्रम जारी राखे । कोरोना फैलिएपछि पनि नेपालको विभिन्न परियोजनाहरुमा कार्यरत चीनियाँ नागरिकहरु नयाँ बर्ष मनाउन चीन गए र कोरोना प्रसार उच्चत्तम बिन्दूमा पुगेको बेलासमेत नेपाल फर्केर आए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार