Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेकपा नेता रिजालद्वारा सेनालाई सामग्री खरिद गर्न दिएकाे जिम्माकाे विराेध

    नेकपा नेता रिजालद्वारा सेनालाई सामग्री खरिद गर्न दिएकाे जिम्माकाे विराेध

    अनलाइन नेपाल
  • शुक्रबार, २१ चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौं। सत्तारूढ दलका नेता बिष्णु रिजाललेे सरकारलेे स्वास्थ्य सामाग्री खरिदकाे जिम्मा सेनालाई दिएकाे निर्णयकाे घुमाउराे शैलीमा विराेध गरेका छन्। मन्त्रीले नै उक्त निर्णय गर्दा थाहा नपाएको निर्णय बारे नेकपाका नेताले नै बिराेध गरेपछि थप स्वास्स्थ्य सामग्री खरिदकाे विषय पेचिलाे बन्दे गएकाे छ।

    कोरोनासँग सम्बन्धित औषधी उपकरण खरिद प्रकरणमा सरकार एकपछि अर्को विवादमा फस्न पुगेको छ । पहिलो पटक स्वास्थ्य सेवा विभागमार्फत ओम्नी बिजनेस कर्पोरेट इन्टरनेश्नलसँग महंगो मूल्यमा औषधि खरिद गर्नेसम्झौता गरेर आलोचना खेपेको सरकारले उसँगको सम्झौता रद्द गरेर नेपाली सेनालाई जिम्मा दिएपनि दोस्रो निर्णय समेत विवादरहित बन्न सकेन ।



    सेनामार्फत औषधि उपकरण खरिद गर्ने सरकारी निर्णयको सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत विरोध सुरु भैसकेको छ । स्वयं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सेनामार्फत औषधि खरिद गर्ने कुराको विरोध गर्न थालेका छन् । नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले सरकारको पछिल्लो निर्णयप्रति विरोध गर्दै शुक्रबार आफ्ना सामाजिक सञ्जाल फेसबुकमा सरकारको यस्तो निर्णयबाट सेनामाथिको नागरिक नियन्त्रण कमजोर हुने टिप्पणी गरेका छन् ।



    ‘हुरीबतास आयो, घर बनाउने जिम्मा सेनालाई । महामारी आयो, औषधी किन्ने जिम्मा सेनालाई । ठूलो बजेट भयो, बाटो बनाउने जिम्मा सेनालाई । यो सेनाको यो कामै होइन र यसबाट सेनामाथिको नागरिक नियन्त्रण कमजोर हुन्छ । सेनामा अख्तियारले हेर्न नपाउने भएकाले लिनेदिने दुबैलाई सहज लाग्ला, तर यसबाट हाम्रो प्रणााली कमजोर हुन्छ । दीर्घकालीन रुपमा सोचौँ’, रिजालले प्रणाली नै कमजोर हुनेतर्फ सचेत गराएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार