Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • स्वास्थ्य सामग्री घोटालामा संलग्नलाई कारबाही गर्न तरुण दलका अध्यक्षको माग

    स्वास्थ्य सामग्री घोटालामा संलग्नलाई कारबाही गर्न तरुण दलका अध्यक्षको माग

    अनलाइन नेपाल
  • शनिबार, २२ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्री घोटालाका दोषीहरूलाई कारबाही गर्न माग गरेका छन्।

    अध्यक्ष बस्नेतले कोरोना भाइरसको संक्रमणविरुद्ध मिलेर सामना गर्ने बेला सकारमा बसेका जिम्मेवार व्यक्तिहरू अनियमितता र कमिशनको कार्यमा संलग्न रहेको भन्दै आपत्ति जनाएका छन् ।
    शनिबार प्रेस नोट जारी गरेर उनले घोटाला प्रक्रियामा संलग्न मन्त्री, व्यापारी, कर्मचारी र अन्य जिम्मेवार व्यक्तिलाई कारबाहीको दयारमा ल्याउन माग गरेका छन् । ‘महामारीको बेला जनतालाई राहत र सहास दिदै जिम्मेवार बन्नु पर्ने सरकार अनियमितता र कमिसनमा जस्ता घृणित कार्यको वरिपरि घुमिरहेको छ’, बस्नेतले भने, ‘यसैअन्तर्गत अनियमितता भयो भनिएको स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्ध गरेर मात्र उन्मुक्ति पाइँदैन ।’



    ‘सो प्रक्रियामा संलग्न मन्त्री कर्मचारी र ब्यापारी लगाएत सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने जोडदार माग गर्दछु’, उनले भने ।



    उनले नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई धम्की दिएकोमा पनि आपत्ति जनाएका छन् । उनले भने, ‘पत्रकार महासंघका महासचिव रमेश बिष्टलाई दिइएको धम्की आपराधिक कार्य हो ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार