Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘नेपाल अझै काेराेना भाइरसकाे उच्च जोखिममा छ’

    ‘नेपाल अझै काेराेना भाइरसकाे उच्च जोखिममा छ’

    अनलाइन नेपाल
  • मंगलबार, २५ चैत्र २०७६
  • 1.3K
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरि महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरसको अझै पनि उच्च जोखिममा रहेको बताएका छन् । मंगलबार सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले यस्ताे बताएका हुन्।

    प्रधानमन्त्री ओलीले देशमा पहिलो व्यक्तिको संक्रमण पहिचान भएदेखि यता साझा प्रयत्नले संक्रमितको संख्या ९ जनामा मात्र सीमित गर्न सकिएपनि नेपाल अझैं उच्च जोखिममा रहेको दावी गरेका हुन् ।



    नेपाल कोरोविरुद्धको लडाईमा होमिएको बताउँदै प्रधानमन्त्री ओलीले दुई सातादेखि मुलुक लकडाउनमा रहेको स्मरण पनि गराए । कोभिड-१९ कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन सबैले पालन गर्न अाग्रह समेत उनले गरे। यसअघि प्रधानमन्त्री ओलीले यसअघि यही चैत ७ गते पनि राष्ट्रका नाममा सम्बोधन गरेका थिए।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार