Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गृह मन्त्रालयको निर्देशन: सांसद यादवलाई क्‍वारेन्टाइनमा राख्‍नु

    गृह मन्त्रालयको निर्देशन: सांसद यादवलाई क्‍वारेन्टाइनमा राख्‍नु

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 1.5K
    SHARES

    काठमाडौँ — प्रतिनिधि सभा सदस्य प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएकाे हाे।

    क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए। समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका थिए।



    ‘क्वारेन्टाइनमा बसेका व्यक्तिलाई भेट्न पाइँदैन। यससम्बन्धी निर्देशिका र नीतिविपरीत सांसद यादवले क्वारेन्टाइनमा बसेका मानिसलाई भेटेको पाइयो,’ उनले भने, ‘क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेट्ने व्यक्ति पनि क्वारेन्टाइनमा बस्नुपर्छ। यसमा ठूलो वा सानो भन्ने हुँदैन। नियमअनुसार सबै क्वारेन्टाइनमा बस्नैपर्छ।’



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार