Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • क्याबिनेट निर्णयले नेकपाभित्र हलचल, अन्तत: प्रचण्डले दिए यस्ताे निर्देशन

    क्याबिनेट निर्णयले नेकपाभित्र हलचल, अन्तत: प्रचण्डले दिए यस्ताे निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, ८ बैशाख २०७७
  • 4.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने मन्त्रिपरिषद बैठकको निर्णयलगत्तै सत्तारुढ दल नेकपाभित्र हलचल मच्‍चिएको छ। सरकारले उक्त निर्णय गरेलगत्तै पूर्वमाओवादी समूहका मन्त्रीहरुको छुट्टै बैठक बसेको छ।

    बैठकपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीबाट बनेका स्थायी कमिटी सदस्यहरुलाई उपत्यका छाडेर टाढा नजान निर्देशन दिएका छन्। प्रचण्डले पूर्वमाओवादी समूहका स्थायी कमिटी सदस्यहरुलाई केही दिनसम्म उपत्यका छाडेर बाहिर नजान र बाहिर भएकाहरुलाई काठमाडौं आउन निर्देशन दिएका हुन्



    पार्टी अध्यक्षसमेत रहेका ओलीले एकलौटी अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपाभित्र खैलाबैला मचिएको छ। त्यसलगतै उर्जामन्त्री वर्षमान पुनले खुमलटार पेगर मनित्ररिषद् बैठकबारे ब्रिफिङ गरेपछि प्रचण्डले आफ्ना स्थायी कमिटी सदस्यहरुलाई निर्देशन दिएको नेकपाका एक स्थामिटी सदस्यले जानकारी दिए।



    नेकपाको स्थायी कमिटी ४४ सदस्यीय रहेको छ। ४५ सदस्यीय स्थायी कमिटीमा रहेको नेकपामा पूर्वमाओवादी समूहका अग्निप्रसाद सापकोटा सभामुख भएपछि ४४ सदस्यीय भएको हो। जसमा पूर्वमाओवादी प्रचण्ड समूहका १८ जना, ओली समूहका १२ जना, माधव नेपाल समूहको १३ (झलनाथ खनालसहित) र वामदेव गौतम गरी ४४ सदस्यीय रहेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार