Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बाबुराम भट्टराई भन्छन -ओली सरकारलाई बिदा गर्नुको विकल्प छैन

    बाबुराम भट्टराई भन्छन -ओली सरकारलाई बिदा गर्नुको विकल्प छैन

    अनलाइन नेपाल
  • मंगलबार, ९ बैशाख २०७७
  • 6.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । समाजवादी पार्टी संघीय परिषद्का संघीय अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई बिदा गर्नुको विकल्प नभएको बताएका छन्। आज सामाजिक सञ्जाल ट्वीटरमार्फत डा भट्टराईले संवैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने ओली सरकारलाई अब बिदा गर्नुको विकल्प नभएको बताएका छन्।

    उनको ट्वीटमा भनिएको छ, ‘कोरोना पीडित आमजनता र लकडाउन/भोकपीडित श्रमिकलाई औषघी,खाना र राहत सट्टा उल्टै पार्टी फुटाउने र संवैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने ओली सरकारलाई अब बिदा गर्नुको विकल्प छैन।’



    पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले कोरनाको महामारीकाबीच दुई विधेयक अध्यादेशमार्फत ल्याएको विरोध जनाउँदै उक्त भनाई राखेका हुन्। उनले सबैलाई दलीय घेराबन्दी भन्दा माथि उठ्न अपिलसमेत गरेका छन्। ‘दलीय घेराभन्दामाथि उठौं!ओलीतन्त्रको अन्त्य गरैौं! लोकतन्त्रको रक्षा गरौं!’ उनको ट्वीट्मा लेखिएको छ।



    अध्यादेशको प्रतिपक्षी दलहरुले चर्को विरोध गरिरहेका छन् भने सत्तारुढ दल नेकपाभित्र पनि असन्तोष प्रकट गरिएको छ। सरकारले सोमबार राजनीनिक दलसम्बन्धी विधेयक र संवैधानिक परिषद्सम्बन्धी विधेयक अध्यादेशमार्फत ल्याएको थियो। हिजै ल्याएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरिसकेकी छिन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार