Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • नेकपा स्थापन दिवसमा विप्लवले गरे यस्तो विशेष आह्वान

    नेकपा स्थापन दिवसमा विप्लवले गरे यस्तो विशेष आह्वान

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 2.7K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा वक्तव्यमार्फत विशेष सन्देश दिँदै केपी ओली सरकारको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त एवम् लोकतान्त्रिक शक्तिहरूलाई ध्रुवीकृत र एकताबद्ध हुन एवम् एकीकृत जनक्रान्तिमा लामबद्ध बन्न विशेष आह्वान गरेका छन् ।

    केन्द्रीय समितिका तर्फबाट ‘पार्टी स्थापना दिवसको वक्तव्य’ जारी गर्दै महासचिव विप्लवले साम्यवादी विचारक एवम् सर्वहारा वर्गका महान् नेता लेनिनप्रति सम्मान व्यक्त गर्नुका साथै मानवसभ्यताको सबैभन्दा अग्रगामी क्रान्तिकारी वैज्ञानिक पार्टी प्राप्त भएको खुसीयालीमा श्रमिक वर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट गौरव पनि व्यक्त गरेका छन् ।



    महासचिव विप्लवद्वारा बुधबार जारी वक्तव्यमा भनिएको छ, ‘आज २०७७ वैशाख १० (अप्रिल २२, २०२०) को दिन नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको र नेपाली श्रमिक जनताले कम्युनिस्ट पार्टी प्राप्त गरेको ऐतिहासिक दिन हो । यो दिन साम्यवादी विचारक एवम् सर्वहारा वर्गका महान् नेता लेनिनप्रति सम्मान व्यक्त गर्दै मानवसभ्यताको सबैभन्दा अग्रगामी क्रान्तिकारी वैज्ञानिक पार्टी प्राप्त भएको खुसीयालीमा श्रमिक वर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट गौरव व्यक्त गर्दछौँ ।’



    पुष्पलालको नेतृत्वमा स्थापना भएको पार्टीको मुख्य उद्देश्य नेपालमा सामन्ती तथा दलाल पुँजीवादी राज्यसत्ताविरुद्ध क्रान्ति पूरा गर्न विभिन्न साम्राज्यवादी, विशेषतः भारतीय साम्राज्यवादी हस्तक्षेपबाट देशलाई स्वाधीन बनाउने र जनताको नयाँ जनवादी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने भएकाे उनले स्मरण गरेका छन् । साथै चारजनाले स्थापना गरेको कम्युनिस्ट पार्टी आज बहुसङ्ख्यक जनता आबद्ध र आस्थावान् बन्ने उचाइमा पुगेको उनले बताएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार