Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ओलीलाई ठुलो झट्का , राजपा र समाजवादीबीच पार्टी एकता घोषणा

    ओलीलाई ठुलो झट्का , राजपा र समाजवादीबीच पार्टी एकता घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 2.8K
    SHARES

    काठमाडौं। अन्तत: राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार  राति पार्टी एकता घोषणा गरिएको छ।

    एकीकृत पार्टीको नाम  ‘जनता समाजवादी’ राखिएको छ भने झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा र चुनाव चिन्ह छाता हुने वताइएको छ ।



    पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।



    प्रधानमन्त्री केपी ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि दुई दलले बुधबार मध्यरातमा  एकता घोषणा गरेका हुन्।

    समाजवादी पार्टी फुटाउन  तयारी गरेपछि त्यसलाई रोक्न समाजवादी र राजपाले एकता गरेर ओलीको योजनालाई फेल गराएका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार