Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कुन–कुन संवैधानिक निकायमा कति पद रिक्त?

    कुन–कुन संवैधानिक निकायमा कति पद रिक्त?

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 4K
    SHARES

    काठमाडाैँ। अख्तियार र निर्वाचन आयोगसहित १० संवैधानिक निकायमा ३९ पद रिक्त छन्। अख्तियारमा दुई र निर्वाचन आयोगमा दुई/दुई जना आयुक्त पद रिक्त छन्। दलित, महिला र आदिवासी जनजाति आयोग संविधान जारी भएदेखि नै गठन हुनै सकेका छैनन्। यी आयोगका कार्यालय खुलेका छन्। कर्मचारी खटाइएका छन्, ती कर्मचारी आयोगमा नियुक्त हुने पदाधिकारीको प्रतीक्षामा छन्। यी आयोगमा एक/एक अध्यक्ष र चार/चार सदस्य गरी १५ पद रिक्त छ।

    पाँच सदस्यीय राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्ष बालानन्द पौडेलमात्र छन्। मुस्लिम आयोगको अध्यक्षमा सलिम मियाँ अन्सारी नियुक्त भएका छन्। चार सदस्य नियुक्त हुन बाँकी छ। राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी र सदस्यमा विष्णुमाया ओझा नियुक्त भएकामा सुवेदीले राजीनामा दिइसकेका छन्। यो आयोगमा अध्यक्ष र तीन सदस्य पद रिक्त छ।



    थारू र मधेसी आयोगमा एक/एक जना अध्यक्षमात्र छन्। बाँकी चार/चार सदस्य रिक्त छन्। थारू आयोगमा विष्णुप्रसाद चौधरी र मधेसी आयोगमा विजयकुमार दत्त अध्यक्ष छन्। अध्यक्षले मात्र यी आयोगको काम गर्दै आएका छन्। कान्तिपुर दैनिकबाट



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार