Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • ‘लकडाउन केही हदसम्म खुकुलो हुनसक्छ’

    ‘लकडाउन केही हदसम्म खुकुलो हुनसक्छ’

    अनलाइन नेपाल
  • बुधबार, १० बैशाख २०७७
  • 2.2K
    SHARES

    काठमाडाैँ।प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका संघीय सांसदहरूलाई बुधबार दिउँसो ब्रिफिङ गर्ने क्रममा लकडाउन केही हदसम्म खुकुलाे हुन सक्ने बताएका छन्।

    ‘भारतसँगको नाका खुल्ने कुरै छैन। देशभित्र लकडाउन खुकुलो हुनसक्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सांसद निरूदेवी पालले भनिन्।



    दुई अध्यक्षले प्रदेश-प्रदेशका सांसदलाई फरक-फरक समयमा बोलाएर विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरिरहेका छन्।



    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सुदूरपश्चिम प्रदेशका सांसदहरूसँगको छलफल सकिएको छ भने प्रदेश १ का सांसदहरूसँग छलफल भइरहेको छ।

    ओली-प्रचण्डको ब्रिफिङ दिनभरि चल्नेछ। दुई दिनअघि सरकारले अकस्मात पार्टी विभाजनको व्यवस्था खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि नेकपाभित्र राजनीतिक तरंग आएको थियो।

    ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनु नियमित प्रक्रिया भएको बताएका छन्। ‘प्रधानमन्त्रीज्यूले सरकारले नियमित प्रक्रियाअनुसार अध्यादेश ल्याएको हो, पद्धति बिगारेर फरक तरिकाले ल्याइएको होइन भन्नुभयो,’एक सांसदले भने,‘दल विभाजनमा ४० प्रतिशत हुँदा र नहुँदा त्यत्रो फरक पर्दैन पनि भन्नुभयो।’

    उनका अनुसार सुदूर पश्चिम प्रदेशका सांसदहरूको ब्रिफिङमा अर्का अध्यक्ष दाहाल अन्तिम बेलातिरमात्र आइपुगेका थिए। त्यतिञ्जेल ओलीले अध्यादेशबारे आफ्नो भनाइ राखिसकेका थिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार