Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • लागूऔषध कारोबारी श्रीमान् श्रीमती, पाँच जना पक्राउ

    लागूऔषध कारोबारी श्रीमान् श्रीमती, पाँच जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ बैशाख २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    वीरगन्ज । पर्सा प्रहरीले आफ्नै घरलाई लागू औषध बिक्री गर्ने अड्डा बनाएका श्रीमान् श्रीमतीसहित ५ जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–३ बस्ने ४६ वर्षीय सन्तोष पटेल र उनकी श्रीमती ३७ वर्षीया बबिता देबीसहित ५ जनालाइ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ।

    पक्राउ पर्ने अन्यमा वीरगन्ज–३ का २८ वर्षी टिँकु श्रीवास्तव, पर्साको बिन्दबासिनी गाउँपालिका–२ का २८ वर्षीय राजनाथ यादव र बाराको प्रसौनी गाउँपालिका–२ नौतन बस्ने ३२ वर्षीय मुग्रिम साह छन् ।



    प्रहरीले सन्तोषको घरबाट नियन्त्रित लागू औषध डायलेक्स–डीसी ८७ बोत्तल, आनेरेक्स १ सय ३ बोत्तल, निट्राजेपाम २० पिस, निट्राभेट ३६ पिस र सिम्प्लेस्ट ५८ पिस बरामद गरेको छ ।
    उनले आफ्नो कोठामा रहेको बक्स पलङ भित्र लागू औषध लुकाएर राखेका थिए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार