Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एकै परिवारका १८ जनामा काेराेना संक्रमण भएपछि वडा त्रासमा

    एकै परिवारका १८ जनामा काेराेना संक्रमण भएपछि वडा त्रासमा

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 1.3K
    SHARES

    काठमाडाै। एकै परिवारका १८ जनामा काेराेना भाइरसकाे संक्रमण भएपछि वडावासी त्रासित भएका छन्। बुधबार भेटिएका १७ जना संक्रमितको घरबाटै यसअघि गत आइतबार संक्रमणको पुष्टि भएका ३६ वर्षीय पुरुष, राहत वितरणका लागि वडा नम्बर ३ मा गठन गरिएको सर्वदलीय समितिका सदस्य पनि हुन्।

    यसअघि वैशाख १४ मा कोरोना संक्रमण पुष्टि भएका वडा नम्बर ३ मा कार्यरत महानगरपालिकाका सरसफाइ कर्मचारीसँगै उनी पनि राहत वितरणमा खटिएका थिए।



    उनी राहत वितरणमा टोलटोलमा खटिएका कारण वडा नम्बर ३ का अन्य व्याक्तिमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंकाले स्थानीय त्रासमा छन्। एकै परिवारका १८ र अन्य दुई गरी वडामा १९ जना संक्रमित भेटिएपछि पुरै वडावासी त्रसित बनेको वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकारले बताए।



    एकै परिवारका १७ जनामा संक्रमण फेला परेपछि वडासहित आसपासका अन्य क्षेत्र पनि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार