Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सप्तरीमा पनि एक जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १ सय २१

    सप्तरीमा पनि एक जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १ सय २१

    अनलाइन नेपाल
  • सोमबार, २९ बैशाख २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । सप्तरी जिल्लामा पनि एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो । संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।



    योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार