Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संक्रमित बालिकालाई अस्पताल नल्याउन गाउँपालिकाको चेतावनी

    संक्रमित बालिकालाई अस्पताल नल्याउन गाउँपालिकाको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । बर्दियामा कोरोना संक्रमण देखिएकी ११ वर्षीया बालिकालाई दाङमा रहेको कोरोना विशेष अस्पतालमा नल्याउन त्यहाँकाे एक गाउँपालिकाले चेतावनी दिएपछि बाकेकाे काेराेना अस्पतालमा भर्ना गरिएकाे छ।

    दाङमा हालसम्म कोरोना संक्रमित नभेटिएको भन्दै अरु जिल्लाबाट संक्रमित ल्याउँदा त्यसले नकारात्मक प्रभाव पार्ने सक्ने भन्दै शान्तिनगर गाउँपालिकाले विज्ञप्ति निकाली चेतावनी दिएपछि बाकेकाे काेराेना अस्पतालमा भर्ना गरिएकाे हाे।



    सोमबार नै कोरोना भाइरसको संक्रमण पुष्टि भएकी बर्दियाकी १२ वर्षाया बालिकालाई आज (मंगलबार) अबेर मात्रै आइसोलेसनमा भर्ना गरिएको छ । राजापुर नगरपालिकाकी बालिकालाई बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा ल्याइएको हो ।



    कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि १२ वर्षीया बालिकालाई उपचारका लागि बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा भर्ना गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

    बालिकाको स्वास्थ्यावस्था सामान्य रहे पनि बर्दियामा कोरोना विशेष अस्पताल नभएकाले खजुरा ल्याइएको उनले बताए । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकारले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा बाँकेका २४ जनासहित अब २५ जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

    यता दाङकाे गाउँपालिका अध्यक्ष कमानसिंह डांगीले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, बर्दिया जिल्लाबाटबाट कोभिड १९ का विरामी ल्याई दाङमा उपचार गराउनु भनेको दाङ जिल्लाभित्र कोरोना भाइरस भित्र्याउने दुस्प्रयास हो।

    डांगीले सरोकारवाला पक्षलाई यस विषयमा ध्यान दिन र यदि जिल्लामा संक्रमण फैलिए त्यसको जिम्मेवार उनीहरुले नै लिनुपर्ने उल्लेख गरेका चेतावनी दिएका छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार