Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संघ र प्रदेश सरकार किट अभाव देखाएर पन्छिए, मारमा क्वारेन्टाइनवासी

    संघ र प्रदेश सरकार किट अभाव देखाएर पन्छिए, मारमा क्वारेन्टाइनवासी

    अनलाइन नेपाल
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 2K
    SHARES

    काठमाडौं । संघ र प्रदेश सरकारले तराइका अधिकांश जिल्लामा काेराेना भाइरस परीक्षणका लागि चाहिने जति स्वाथ्य सामाग्री पठाउन सकेकाे छैन। जसले गर्दा भारत आएर क्वारेन्टाइन बसेकाे तीन साता वितिसक्दा पनि परीक्षण हुन सकेकाे छैन।

    संघ र प्रदेश सरकारले खासै वास्ता नगरेपछि कपिलवस्तुका स्थानीय तहले आफैं कोरोनाको पीसीआर जाँच्ने भीटीएम किट खरिद गरेका छन् । उनीहरुले क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलनसमेत आफैं सुरु गरेका छन् । संघीय र प्रदेश सरकारसँग क्वारेन्टाइनमा भएकाहरुको कोरोना जाँचका लागि पटक-पटक माग गर्दासमेत किट अभाव देखाएर पन्छिएपछि कपिलवस्तुका स्थानीय तहले आफैं किट खरिद गरेका हुन् ।



    कार्यपालिका बैठकबाट बजेट छुट्याएर डब्लुएचओले प्रमाणित गरेको किट खरिद गरिएको नगरपालिकाहरुले जानकारी दिए । जिल्लाका विभन्न १८८ क्वारेन्टाइनमा बसेका ७ हजार ५ सय ४७ जनाको परीक्षणका लागि ढिलो हुने भएपछि स्थानीय तह आफै‌ं तात्तिएका हुन् । कपिलवस्तुका कपिलवस्तु नगरपालिका र शिवराज नगरपालिकाले एक/एक हजार थान भीटीएम किट किनिसकेका छन् ।



    त्यस्तै अधिकांश स्थानीय तह किट खरिद गर्रे तयारीमा जुटेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार