Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बाँकेमा राति ८ बजेबाट कर्फ्यु, सेना परिचालन गरिने

काठमाडौं । शनिबार साँझसम्म ११४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित देखिएको बाँकेको नरैनापुर गाउँपालिकामा आज साँझबाट निषेधाज्ञा लगाइने भएको छ ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पुरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

दैनिक संक्रमित संख्या बढेको र संक्रमण आफ्नो नियन्त्रणभन्दा बाहिर गएको भन्दै निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी गराएका छन् ।

बाँकेमा संक्रमितमध्ये १ जनाको ज्यान गइसकेको छ । गाउँपालिकाको ५ नम्बर वडाका मात्र ६२ जना संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077